लुम्बिनीका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ- लुम्बिनी प्रदेशमा थप तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख कार्यालय बुटवलको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
सोमबार नयाँ मन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता राजु खनाल स्वास्थ्य मन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्यस्तै त्यसअघि नियुक्त भएका लोसपाका सन्तोषकुमार पाण्डेयलाई आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय र धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिइएको छ । यसअघि लुम्बिनी प्रदेश सरकारमा माओवादीका धनबहादुर मास्की अर्थमन्त्री बनिसकेका छन् ।
सोही कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ताका रूपमा वरिष्ठ अधिवक्ता प्रा.डा बुद्धबहादुर थापाले पद तथा गोपनीयताको शपथ लिएको छन् ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया