नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को ल्याउनुपर्छ भन्ने माग उचित छैन : वामदेव गौतम

काठमाडौँ- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले यस्तो बताएका हुन् ।
सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको पुनर्लेखन गरी ल्याउनुपर्ने माग गरेका थिए । साथै संघीय संसद्का दुवै सदनमा नेकपा एमालेका सांसदहरूले नीति तथा कार्यक्रम पुनः लेखन गरी प्रस्तुत गर्नुपर्ने बताइरहेका छन् ।
बैठकमा सदस्य गौतमले भने नेकपा संवैधानिक रूपमा नीति, कार्यक्रम प्रस्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले यस्तो माग जायज नरहेको जिकिर गरे । उनले नीति तथा कार्यक्रममा एक वर्ष भित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरू अघि सारिएको उल्लेख गरे ।
राष्ट्रिय सभा सदस्य गौतमले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई चासो दिएको नपाएको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया