नीति तथा कार्यक्रममा कर्णालीमा संग्रहालय बनाउने कुरा नसमेटिनु दुःखद् : विनिता कठायत

काठमाडौँ– प्रतिनिधिसभा सदस्य विनिता कठायतले सरकारको नीति तथा कार्यक्रममा कर्णालीको संस्कृति सम्वर्द्धन र संग्रहालय बनाउने कुरा नसमेटिनु दुःखद् भएको बताएकी छन् । सोमबारको संसद् बैठकमा बोल्दै कठायतले सबैभन्दा बढी सम्पदा स्थल र सम्पदा भएको कर्णालीलाई किन विश्व सम्पदा सूचीमा नराखेको भन्दै प्रश्न गरिन् ।
‘काठमाडौँ उपत्यका भन्दा बाहिर सबैभन्दा बढी सम्पदा स्थल र सम्पदा संख्या रहेको कर्णाली र त्यहाँको मूर्त, अमूर्त सम्पदालाई पनि विश्व सम्पदा सूचीमा राख्ने पहल किन नगरिएको ? नेपाली मौलिक संस्कृतिको उद्गम स्थल जुम्ला सिँजाले वास्तवमा गोरखाली संस्कृतिभन्दा वृत्त आयात दिन्छ,’ उनले भनिन्, ‘संस्कृति सम्वर्द्धन र संग्रहालय बनाउने नीतिमा कर्णाली नसमेटिनु दु:खद् कुरा हो । कर्णालीको कुरा यस राज्य र सदनले नबुझेको हो कि ? बुझ पचाएको हो ? बुझ पचाएको हो भने यस सदन र सरकारले यो चोटी कर्णालीका कुरा बुझ्नुपर्यो । सुनिदिनु र हेरिदिनु पर्यो ।’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया