नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास छैन : सांसद परियार

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले सो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका थिए । सोमबार प्रतिनिधिसभा बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका हुन् । आफूहरूले पनि विगतमा सरकारहरूले ल्याएका नीति तथा कार्यक्रम र बजेट पढेको उल्लेख गर्दै पुनर्लेखन हालसम्म पनि नभएको र नहुने सहमहामन्त्री परियारको भनाइ थियो ।
उनले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गरे ।
सहमहामन्त्री परियारले बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया