गिलले शतक प्रहार गर्दा कोहलीको टिम आईपीएलबाट बाहिरियो

काठमाडौँ- रोयल च्यालेन्जर्स बैँग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) बाट बाहिरिएको छ । आइतबार राति घरेलु मैदानमा साविक विजेता गुजरात टाइटन्ससँग ६ विकेटको पराजयसँगै बैँग्लोर प्रतियोगिताबाट बाहिरिएको हो ।
बैँग्लोरले पराजय भोग्दा मुम्बई इन्डियन्स भने आईपीएलको प्लेअफमा पुगेको छ । गुजरात टाइटन्स १४ मध्ये १० खेलमा जित हात पार्दै २० अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको हो । चेन्नई सुपर किंग्स दोस्रो, लखनउ सुपर जायन्ट्स तेस्रो तथा मुम्बई चौँथो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेका हुन् ।
अब फाइनलका लागि गुजरातले चेन्नईको सामना गर्ने छ भने फाइनलको सम्भावना कायम राख्न लखनउले मुम्बईविरुद्ध खेल्नेछ ।
आइतबार राति १ सय ९८ रनको लक्ष्य गुजरातले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । गुजरातलाई जित दिलाउन शुभमन गिलले ५२ बलमा ५ चौका र ८ छक्काको मदतमा अविजित १ सय ४ रन बनाए । विजय शंकरले ५३ रन जोडे । बैँग्लोरका लागि मोहम्मद सिराजले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैँग्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९७ रन जोडे । बैँग्लोरका लागि विराट कोहलीले ६१ बलमा १ सय १ रन बनाए । गुजरातका लागि नुर अहमदले सर्वाधिक २ विकेट लिए ।
आइतबार नै भएको खेलमा मुम्बईले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेको थियो ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया