सन्दीप लामिछानेको मुद्दामा किशोरीको जन्म दर्ताको सक्कल झिकाउन आदेश

काठमाडौँ- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौँ जिल्ला अदालतले पीडित भनिएकी किशोरीको दुई वटा जन्म मिति देखिएपछि जन्म दर्ताको सक्कल मगाउन आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुली इजलासले प्रमाण बुझ्नका लागि जन्म दर्ताको सक्कल माग गरेको हो ।
अस्पतालबाट प्राप्त कागजात र स्थानीय निकायबाट प्राप्त कागजातमा जन्म मिति फरक देखिएकाले प्रमाण बुझ्न सक्कल जन्मदर्ता माग गरेको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।
उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौँ जिल्ला अदालतमा चलिरहेको छ ।

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

खड्गी समाज द्वारा नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया