सांसद शाहीले बोलेका शब्द रेकर्डबाट हटाइयो

काठमाडौँ- नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् ।
एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए ।
बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उनले सत्ता स्वार्थका निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन ? भन्दै प्रश्न गरेका थिए । उनले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको आरोपसमेत लगाएका थिए ।
त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकोमा उक्त अभिव्यक्ति हटाइएको हो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया