मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाऔँ : सांसद गौतम

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छन् ।
आइतबार सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्दै सांसद गौतमले देशका विभिन्न आयोजनाहरू मुआब्जा विवादका कारण सम्पन्न हुन नसकेको भन्दै ति समस्याहरूलाई समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी हुन् । उनले रैथाने बाली, बिउविजन, नस्ल र कृषि तथा पशुपक्षीको जैविक विविधता संरक्षणमा स्थानीय तह र समूहहरूलाई स्रोत दिएर जिम्मेवार बनाउनुपर्ने बताइन् ।
त्यसैगरी कृषि, पशुपक्षी र खाद्य सम्बन्धी प्रयोगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप स्तरोन्नति गरी यस्तो वस्तुहरूको ओसार–पसार हुने सबै भन्सार विन्दु र मुख्य सहरहरूमा प्रयोगशाला स्थापना हुनुपर्ने उनको भनाइ छ ।
उनले काठमाडौँ क्षेत्र नम्बर २ मा रहेको साँखु र बज्रयोगिनीलाई विश्वसम्पदा सूचीमा समावेश गर्न समेत आग्रह गरिन् । विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन होटल, राजमार्ग र विभिन्न ठाउँहरूमा चार्जिङ सेन्टर स्थापना हुनुपर्नेमा पनि उनले जोड दिइन् ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया