कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए शपथ

विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डिल्लीराम उप्रेतीले आइतबार शपथ लिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उपाध्यक्ष उप्रेतीलाई पद तथा गोपनियताकोशपथ गराएका हुन् ।
नवनियुक्त उपाध्यक्ष उप्रेतिले संघ र प्रदेशको समग्र आर्थिक सूचकहरुको अवस्थाले मुलुकको अर्थतन्त्रको आकार घट्दो दरमा देखिएकोले उपलब्ध स्रोत साधनको परिचालन गरेर सरकारहरु अघि बढ्नुपर्ने बताए । उनले आफू पदमा रहुञ्जेलसम्म सकेको र बुझे जति कोशी प्रदेशको विकासमा योगदानमा समय खर्चिने प्रतिवद्धता जनाए ।
दिगो विकास लक्ष्यहरुलाई राष्ट्रिय प्राथमिकतामा राखेर सबै क्षेत्रको विकास अघि बढाउनुपर्ने धारणा राखे । आफूलाई प्राप्त भएको जिम्मेवारीलाई इमान्दारिताका साथ पुरा गर्ने समेत उनले प्रतिवद्धता जनाए ।
गत शुक्रबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकबाट उप्रेती प्रदेश योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।
त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार पदको जिम्मेवारी पुरा गरिसकेर हाल महेन्द्र रत्न क्याम्पस ताहाचलमा अर्थशास्त्र विषयमा प्राध्यापन गर्दै आएका उप्रेती झापाको कन्काई नगरपालिका–८ निवासी हुन् ।
आयोगमा मन्त्रिपरिषदबाट एक महिलासहित थप चारजना सदस्यहरु नियुक्त गर्ने व्यवस्था रहेको छ । सदस्यहरुको नियुक्ति सरकारमा सहभागी दलहरुको भागबण्डामै हुँदै आएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_8zoUKedmXU_dpojbthojefeqqst3sblsupl4nzfxwutlxpf7ds28rkmxq6m4pnzykltpb5m.jpg)
सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

हुरीले घर भत्किँदा एक जनाको मृत्यु

चोरी भएका ल्यापटप एक वर्षपछि फेला परे
६४ वर्षमा पनि जाँगरिला ‘युक्ति’

चन्दा सङ्कलन गरेर विद्यालयलाई बस

१५ लाख भारुसहित एक जना पक्राउ

प्रतिक्रिया