बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को-को भए मन्त्री ?

मकवानपुर - बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन् ।
मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन्।
उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात र रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।
नवनियुक्त ६ जना मन्त्रीहरूलाई आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका छन् । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नियुक्त गरेका छ जना मन्त्रीहरुलाई प्रदेश प्रमुखले शपथग्रहण गराएका हुन् ।
शर्माले १ जना विनाविभागीयसहित ६ मन्त्रीलाई शपथग्रहण गराए ।
यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए । तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।
मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका थिए ।

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

प्रतिक्रिया