बागमतीमा काे-काे बन्दैछन् मन्त्री ?

मकवानपुर- बागमती प्रदेशमा मन्त्रालय फुटाउने तयारी भएको छ । आज (आइतबार) ३ बजे सरकारले पूर्णता पाउने छ । जसमा एक मन्त्रीलाई मन्त्रालयपछि तोकिने गरी आजै शपथ गराइँदै छ ।
झण्डै दुई महिनादेखि अधुरो रहेको प्रदेश सरकारले आज पूर्णता पाउँदै छ । नेकपा (एकीकृत समाजवादी)लाई २ र नेपाली कांग्रेसलाई ४ मन्त्री दिइएको छ ।
आज एकीकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीमा शपथ लिँदैछन् ।
यसैगरी कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र मसिना खड्काले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिँदैछन् ।
कांग्रेसका उपनेता रामकृष्ण चित्रकारलाई मन्त्रालयको जिम्मेवारीपछि तोकिने गरी आजै मन्त्री नियुक्त गरिँदै छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

संसदीय समितिमा जलस्रोत बिधेयकबारे छलफल हुँदै

प्रतिनिधिसभा बैठक : प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

उज्यालोको बाटोमा सङ्घर्ष गर्नु नै बिपीको सम्मान हो : महामन्त्री थापा

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँः महामन्त्री शर्मा

सुकुम्बासी बस्ती जोगाउँदै वाईसीएल

प्रतिक्रिया