नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीले भने : जति भोकाए पनि बाघले घाँस खाँदैन, म निर्दोष छु

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निर्दोष भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा उनले आफूमाथि छानबिन गर्न चुनौती समेत दिए ।
‘म चुनौतीका साथ भन्न चाहन्छु । म गृहमन्त्री भएँ । परराष्ट्रमन्त्री भएँ । पटक–पटक प्रधानमन्त्री भएँ । ममाथि छानबिन होस् । हामी सधैं भ्रष्टाचारका विरुद्धमा छौँ,’ उनले भने, ‘बाघ भोकै मर्छ, तर घाँस खाँदैन ।’
धेरैले यस प्रकरणमा आफ्नो र पार्टीको नाम लिए पनि त्यो सत्य नभएको स्पष्टीकरण दिँदै उनले भने, ‘एमालेलाई गाली गर्न मन लागेको छ । केपी ओलीलाई गाली गर्न रहर लागेको छ । रहर गर्नु मात्र पनि त होइन रहेछ जिन्दगी । पार लाग्दैन ।’
तीन प्रमुख दलका शीर्ष नेता भेट्दा पनि नेताहरूमा सन्देश उत्पन्न भइरहेको उनको भनाइ छ । ‘तीन नेता भेट्दा, मन्त्रिपरिषद् पटक–पटक बस्दा सन्देह पैदा भयो । के भनेको यो ?’ उनले प्रश्न गरे, ‘संसद् बैठक चलाउनु छ, देशको अवस्था यस्तो छ । सदन कसरी चलाउने ? सहमतिको बाटोमा कसरी जाने ? आदि कुरामा नेताहरू छलफल गर्दैनन् ? कानुन निर्माण, संशोधन कसरी गर्ने छलफल गर्दैनन् ?’

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया