कलकतालाई १ रनले हराउँदै लखनउ प्लेअफमा

काठमाडौँ- कलकता नाइट राइडर्समाथि रोमाञ्चक जित हात पार्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।
शनिबार राति इडेन गार्डेनमा भएको खेलमा लखनउले कलकतामाथि १ रनको रोमाञ्चक जित हात पारेको हो । जितसँगै लखनउले १४ खेलबाट १७ अंक जोड्दै तालिकाको तेस्रो स्थान सुनिश्चित गरेको हो ।
शीर्ष स्थानमा रहेको साविक विजेता गुजरात टाइटन्सले १३ खेलबाट १९ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको चेन्नई सुपर किंग्सले १४ खेलबाट १७ अंक जोडेपनि नेट रन रेटमा लखनउ भन्दा माथि छ । १४ खेलबाट १२ अंकमात्र जोडेको कलकता भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
शनिबार राति १ सय ७७ रनको लक्ष्य पछ्याएको कलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनमात्र जोड्न सक्यो । कलकताका लागि रिंकु सिंहले ३३ बलमा अविजित ६७ रनको योगदान गरे । लखनउका लागि रवि विशनोइ र यश ठाकुरले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा १ सय ७६ रन जोड्यो । लखनउका लागि निकोलास पुरनले सर्वाधिक ५८ रन बनाए ।
शनिबार नै चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्यो ।
आईपीएलमा आइतबार पनि दुई खेल हुने तालिका रहेको छ । पहिलो खेल मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच हुने छ । दोस्रो खेल रोयल च्यालेन्जर्स बैँग्लोर र गुजरात टाइटन्सबीच हुने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया