सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीले लिए शपथ

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । सरकार गठन भएको सय दिन पूरा हुँदा मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री शाहले दोस्रो पटकमा पनि मन्त्रिपरिषदलाई पूर्णता भने दिन सकेका छैनन् ।
नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी, सामाजिक विकास मन्त्रीमा झपट साउद तथा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी माल र नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा पृथ्वीबहादुर सिंहलाई नियुक्त गरेका छन् ।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएको नागरिक उन्मुक्ति पार्टीबाट मन्त्रीका लागि नाम सिफारिस नभएपछि सरकारमा गएको छैन।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया