लमजुङकाे दोर्दीको नौथरशेरा–सिमीताँजे सडकको कालोपत्रे कार्य सुरु

लमजुङ। दोर्दी गाउँपालिका ४ नौथर शेरादेखि सिमी ताँजे जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ । सडकको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कालोपत्रे शिलान्यास गरेका हुन् ।
अध्यक्ष अधिकारीले गुणस्तरीय सडक निर्माण गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरेका छन् । सडक निर्माणले विषेश गरी सिमी ताँजेका स्थानीय बढी लाभान्वित हुने र गाउँगाउँमा उत्पादित तरकारी तथा नगदेबाली बजारसम्म पुर्याउन र गाउँलेलाई गाउँसम्म पुग्न सहज हुने उनले बताए ।
नौथर शेरादेखि वडा नं. ६ सिमी र ताँजेसम्म ७ दशमलव ८५० किलोमिटर सडकको स्तरोन्नति कार्य सुरु भएको हो । संघीय सरकार र गाउँपालिकाको ५०५० प्रतिशत लगानीमा उक्त सडक निर्माण कार्य सुरु भएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख ईन्जिनियर विश्वास पाण्डेले बताउनुभयो । उहाँका अनुसार ७ करोड २० लाख रुपैयाँको स्टेमेट रहेकोमा निर्माण व्यावसायी देवकोटा–गणपति जेभी नुवाकोटले भ्याट सहित ५ करोड ३९ लाख रुपैयाँमा निर्माण सक्न सम्झौता गरेको छ।
स्तरोन्नति कार्य अन्तर्गत कटिङ, चौडाई गर्ने, मेशिनरी वाल लगाउने, नाली निर्माण गर्ने, ३ ठाउँमा कल्भर्ट राख्ने, ग्याविन जाली लगाउने लगायतका काम हुनेछ । सडक नालीसहित ८ मिटर चौडाईको हुनेछ । यो संगै ३ किलोमिटर सडक कालोपत्र र ३ सय मिटर सडक ढलान हुने गाउँपालिका प्राविधिक शाखाले जनाएको छ ।
निर्माण व्यावसायीले गाउँपालिकासँग वैशाख १० गते सम्झौता गरेको थियो । २०८२ असार २५ गतेसम्म निर्माण सक्ने गरी सम्झौता गरेर प्राविधिक प्रमुख पाण्डेले बताए । सडक स्तरोन्नति सकिएपछि गाउँगाउँबाट नागरिकलाई गाउँपालिका कार्यालय आउन र सदरमुकाम बेंसीसहर आउजाउ गर्न पनि सहज हुने प्रमुख प्रशासकीय अधिकृत शम्सेर गुरुङले बताए ।

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

ह्युमपाइप राखेर खुलाइयो अवरुद्ध नाला-भक्तपुर सडकखण्ड

बिपी राजमार्गको काभ्रे-खण्डमा एक महिनासम्म राति सवारी चलाउन रोक

प्रतिक्रिया