मधेशमा जानकी मन्दिर र निजगढ विमानस्थल मात्र प्राथमिकतामा

जनकपुरधाम - संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा मधेश प्रदेश प्राथमिकतामा परेको छैन । धेरै योजनाहरुको सम्बोधन भएपनि मधेश प्रदेशका लागि जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने र निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाइने बाहेक कुनैपनि नयाँ योजना प्राथमिकतामा परेको छैन ।
सरकारले काठमाडौंको कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन हुने व्यवस्था गरिने । चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङ्गको विराटनगरमा क्रिकेट रंगशालाको पूर्वाधार निर्माण कार्य अघि बढाइने भनेपनि जनकपुरधाम स्थित निर्माणाधिन श्रीरामजानकी अन्तर्राष्ट्रिय विमान स्थल बारे कुनै ल्याएको छैन ।
यसका साथै तराई मधेश द्रुतमार्ग आगामी २०८३ सम्म निर्माण सम्पन्न गर्ने, मधेश प्रदेशसहित तराईका जिल्लाहरूमा गुणस्तरीय खानेपानीको लागि आर्सेनिक न्यूनीकरण कार्यक्रम संचालन, चुरे, तराई र मधेशमा नदी प्रणालीमा आधारित एकीकृत श्रोत व्यवस्थापन र संरक्षणका क्रियाकलाप संचालन गरिने योजना समेटिएको छ ।
मधेश प्रदेशलाई प्राथमिकतामा नराखिएपनि प्रत्येक प्रदेशमा एक सांस्कृतिक ग्रामको अवधारणा, प्रत्येक प्रदेशमा अपांगग्रामको स्थापना र प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालको रुपमा परिणत लगायतका योजनाहरु सामूहिक रुपमा समावेश भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेको नीति तथा कार्यक्रममा संविधान र संघीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको प्रभावकारी सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्चमा वृद्धिलगायतका विषय प्राथमिकतामा राखिएको छ ।
गुणस्तरीय पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधार, उत्पादन र रोजगारीमा वृद्धि, हरित अर्थतन्त्रको विकास लगायतका विषय समेत सरकारले आगामी वर्षको सरकारको प्राथमिकतामा छ ।

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

“महिला घरभित्र सीमित हुनु हुँदैन” ; माँ भाटभटेनी संस्थाद्वारा आयोजित तालिमल…

सुन तोलामा तीन हजार पाँच सयले घट्यो
_a6Z7zSqGwB_hmd3mh6t2ggihgo6fqy91tc0hkd8mxjswxhcfiekvvxpx3x07fprybau1y9a_rnTDdhR7zI_igtdaapuwo2lnwggwzcoavzzob0vcl0plljjnzo48pcuhwto8gsijizhkemy.jpg)
साढे २ अर्ब लगानीमा खुल्यो नेवारी आर्किटेक्चर र बिलासिताको मिश्रण 'आर्या होटल …

कति छ आज तरकारी र फलफूलको मूल्य ?

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

प्रतिक्रिया