पूर्वराजा ज्ञानेन्द्र शाह भोलि धनगढी आउने

कैलाली - पूर्वराजा ज्ञानेन्द्र शाह धनगढी आउने कार्यक्रम पुनः तय भएको छ। यसअघि आज राजा आउने कार्यक्रम नागरिक उन्मुक्ति पार्टीको आमहड्तालका कारण स्थगित गरिएको शुक्रबार पत्रकार सम्मेलन गर्दै बताइएको थियो।
शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व राजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको जनाएको नागरिक अभिनन्दन मूल समारोह समितिले फेरि आज बिहान पत्रकार सम्मेलन गर्दै पूर्व राजाले सुदूरपश्चिम भ्रमण गर्ने जनाएको छ।
पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते धनगढी स्थित रंगशालामा नागरिक अभिनन्दन गरिने आयोजकले जानकारी गराएको हो । पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमबार दिउँसो ३ बजे धनगढी रङ्गशालामा हुनेछ।
राजपरिवार सडकमार्ग हुँदै आइतबार नै धनगढी पुग्ने र सोमबार नागरिक अभिनन्दन गर्ने तयारी थालेको आज आयोजित पत्रकार सम्मेलनमा नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया