पञ्जाबलाई पराजित गरेको राजस्थानको प्लेअफ सम्भावना कायमै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले प्लेअफको सम्भावना कायमै राखेको छ । शुक्रबार राति धरमशालामा भएको खेलमा राजस्थानले पञ्जाबलाई ४ विकेटले पराजित गर्यो ।
जितसँगै १४ खेलबाट १४ अंक जोड्दै राजस्थान तालिकाको पाँचौ स्थानमा छ । यता १३ खेलबाट १४ अंक जोडेको रोयल च्यालेन्जर्स बैँग्लोर चौँथो स्थानमा छ । बैँग्लोरले भने शीर्ष स्थानको गुजरात टाइटन्ससँग अन्तिम खेल खेल्नेछ । छैटौ स्थानको मुम्बई इन्डियन्सको पनि १३ खेलबाट १४ अंक छ र उसले अन्तिम खेल सनराइजर्स हैदराबादविरुद्ध खेल्ने तालिका रहेको छ । प्लेअफका लागि राजस्थान, बैँग्लोर र मुम्बईको सम्भावना कायमै रहेको छ ।
शुक्रबार राति पञ्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । राजस्थानलाई जित दिलाउन देवदत्त पाडिकलले ५१ रन तथा यशस्वी जैसवालले ५० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । उसका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ४९ रन बनाए । राजस्थानका नवदिप सैनीले सर्वाधिक ३ विकेट हात पारे ।
आईपीएलमा आज दुई खेल हुने तालिका रहेको छ । पहिलो खेल दिल्ली क्यापिटल्स तथा चेन्नई सुपर किंग्सबीच हुनेछ । दोस्रो खेल कलकता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच हुने तालिका छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया