प्लास्टिक झोला प्रयोगमा रोक लगाउने सरकारको नीति

काठमाडौँ- कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने जनाएको छ ।
'जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गरिनेछ । जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनका क्रियाकलापलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथाम गरिनेछ,' वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, 'कानुन तर्जुमा गरी कार्बन व्यापारमा जोड दिइनेछ । प्लास्टिक झोला प्रतिस्थापन गरी स्वदेशी कागजको झोला उत्पादन तथा प्रयोगलाई अभियानको रूपमा सञ्चालन गरिनेछ ।'
जलवायु परिवर्तनका मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 'अल्पविकसित तथा हिमाली देशमा जलवायु सङ्कटले उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सञ्जाल निर्माणको पहल गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ । ‘हिमाल बचाऔँ अभियान’ सुरु गरिने पनि उल्लेख छ ।
नेपालको हिमशृङ्खलादेखि पहाड तथा तराईसम्म जलवायु परिवर्तनबाट परेको प्रतिकूल असरलाई न्यूनीकरण तथा वातावरणीय संरक्षण सम्वर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा जनाइएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया