मेयर बालेनले भनेः व्यापारिक आइडिया छ, तीन वर्ष नकटेका नव उद्यमीलाई महानगरले सहयोग गर्छ

काठमाडौँ- काठमाडौँ महानगरले नव उद्यमीलाई प्रोत्साहन गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले चुनावी घोषणापत्र अनुरुप महानगरको २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैंक कार्यक्रम अनुसार दक्ष/अदक्ष जनशक्ती , विद्यार्थी, लगानीकर्ता तथा उद्यमशील बनाउने योजना रहेको बताएका छन् ।
इच्छुक आवेदकलाई निवदेन पनि मेयर शाहले आग्रह गरेका छन् । उम्मेदवारले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
‘तपाइसँग आइडिया छ, महानगरभित्र कुनै 'स्टार्टअप' सुरू गर्नुभएको छ र तीन वर्ष कटेको छैन । साथै विद्यार्थी हुनुहुन्छ र तनाइसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छ र व्यवसायमा परिणत गर्न चाहनुहुन्छ ? व्यापारिक योजना बनाउने र कार्यान्वयन गर्न र लगानी जुटाउन त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनले भनेका छन् ।
नव उद्यमीले पाँच वटा क्याटगोरीमा आवेदन दिन सकिने उनको भनाइ छ । उद्यमी बन्न महानगर तपाइको साथमा रहको उनले उद्घोषण गरेका छन् ।

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

प्रतिक्रिया