उपत्यका बाहिर : अक्सिजनको अभाव, खुला सीमाबाट प्रवेश रोकिएन
'कोभिड हटस्पट क्षेत्रमा पीसीआर परीक्षण गर्न आउनै छाडे'

काठमाडौँ : कोभिड-१९ को त्रासले मुलुकका अधिकांश जिल्ला निषेधाज्ञामा छन् । निषेधाज्ञामा हिंडडुल गर्न नपाइने भए पनि धेरै मानिसहरू निर्वाध रूपमा जनस्वास्थ्यका मापदण्ड नअपनाइकन बाहिर निस्कने गरेका छन् । यसले संक्रमण घटने भन्दा पनि अझ बढने देखिएको छ ।
काठमाडौँ उपत्यका कोभिडको हटस्पट बनिसकेको छ । उपत्यकामा मात्र संक्रमितको संख्या ४२ हजार ६ सय ६६ पुगिसकेको छ । उपत्यकाबाहेकका बाहिरी जिल्लामा पनि दिनप्रतिदिन संक्रमितको र मृत्युदरको संख्या बढीरहेको छ ।
उपत्यका बाहिरको केही हटस्पट जिल्लामा निषेधाज्ञा जारी भए पनि संक्रमण नघटेको, भिडभाड नघटेको, मानिस परीक्षण गर्न नगएका, कोभिड उपचार केन्द्रमा अक्सिजनको अभाव र खुला सीमाबाट मानिसहरू निर्वाध रूपमा आवतजावत गरिररहेकाले पनि संक्रमणको त्रास नघटेको विभिन्न जिल्लाका प्रमुख जिल्लाका अधिकारी र कोभिड उपचार केन्द्रका चिकित्सकले बताएका छन् ।
'संक्रमितको उपचार गर्न मंगलबारबाट ६० बेड थपिँदै'
विराटनगर निषेधाज्ञामा समयमा रहे पनि त्यस्तो अवस्था नदेखिएको कोशी कोभिड अस्पतालका संयोजक दिपक सिग्देल बताउँछन् । 'यहाँको अवस्था हेर्दा र मानिसको चहलपहललाई हेर्दा निषेधाज्ञा नरहेको जस्तो देखिन्छ,' उनले भने ।
संक्रमणको संख्या बढिरहेकाले विराटनगरको प्रत्येक घर-घरमा संक्रमित रहेको सिग्देलको दाबी छ । संक्रमितहरूले बेडका लागि फोन गर्दा उनीहरूको लागि व्यवस्था गर्न नसक्दा अवस्था एकदम चिन्ताजनक भइरहेको उनको भनाइ छ ।
'विराटनगर क्षेत्रमा रहेका सबै कोभिड अस्पताल संक्रमितले भरिएको छ,' उनले भने,' नोबेल अस्पताल, विराट मेडिकल, न्युरो अस्पताल र विराट नर्सिङमा उपचार भइरहेका छन् ।'
गम्भीर अवस्थाका संक्रमितले पनि बेड पाउने अवस्था नरहेको सिग्देलले जानकारी दिए । 'अस्पतालमा सम्पर्क गरेर मात्र संक्रमित आउछन र बेड खाली भएपछि अस्पताललले आफै सम्पर्क गरेर बोलाउने गरेको छ,' उनले भने ।
सबै उपचार केन्द्रका बेड भरिभराउ छन् । कोशी अस्पतालमा ९६ बेड छन् । ८३ बेडमा अक्सिजन जोडिएको छ । आइसीयू २१, भेन्टिलेटर २० र एचडीयू २१ गरी सबै अस्पतालमा उपचारका सामग्री पूर्ण रूपमा प्याक छन् । मंगलबार देखि ६० बेडको उपचार केन्द्र सञ्चालनमा ल्याउने तयारी अवस्थामा छ ।
विराटनगर क्षेत्रका कुनै पनि अस्पतालमा अक्सिजनको अभाव नरहेको उनले जानकारी दिए । उद्योगी व्यवसायीले उद्योगमा चाहिने अक्सिजन कटौती गरि अस्पताललाई उपलब्ध गराएको उनले बताए ।
'अक्सिजन अभावले संक्रमितलाई पुर्याउँन सकिन'
दाङ्मा करिब चार सय भन्दा बढी संक्रमितहरू विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । पाँच वटा उपचार केन्द्रमा संक्रमितको संख्याले बेड भरिएको दाङ् जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेल बताउँछन् । 'अस्पतालमा गम्भीर अवस्थाका संक्रमित र सबैलाई अक्सिजन आवश्यक पर्ने मात्र रहेका छन,' उनले भने ।
जिल्लामा अक्सिजनको अभाव भइरहेको उनले जानकारी दिए । एउटा मात्र अक्सिजन उद्योग छ । दैनिक ७ सय सिलिण्डरको माग भइरहको तर तीन सय मात्र पूरा गर्न सकिएको उनको भनाइ छ । माग अनुसार उत्पादन हुन नसकेकाले नेपालगञ्ज, बुटवल र चितवन जिल्लाबाट अक्सिजन आयात गरिरहेको उनले बताए ।
बिहानको समयमा खाद्यान्नको पसल खोल्न दिने गरेको पौडेलले बताए । सबैले सामाजकि दूरी कायम गर्न लगाइएको जिल्लाको सुरक्षा व्यवस्था कडाइ गरिएको उनले जानकारी दिए । होम आइसोलेसनमा बसेकालाई स्थानीय तहले अनुगमन गरिरहेको उनले बताए ।
'परीक्षण गर्न आउनेको संख्या घट्यो'
पहिलो चरणमा बाँकेमा सबैभन्दा बढी संक्रमण फैलिएको र पुनः दोहोरिएको छ । जिल्लाका कोभिड उपचार केन्द्रमा संक्रमितहरू अस्पतालको प्राङ्गणमा बसी उपचार गर्न बाध्य छन् । अहिले धेरै संक्रमितलाई बेडमा राखी उपचार प्रक्रिया अगाडि बढाइसकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल बताउँछन् । संक्रमितको अवस्था भयावह रहेको उनले बताए । केही समय अगाडि सम्म धेरै मनिसहरू त्रासमा थिए भने अहिले त्रास कम हुदै गएको उनको भनाइ छ ।
'परीक्षणको दायर नघटे पनि धेरै मानिसहरू पीसीआर परीक्षण गर्न आएका छैनन,' गेलालले भने,' सीमा नाकाबाट मानिसहरू सहजै प्रवेश गरिरेहका छन् । सबैको एन्टिजेन्ट परीक्षण गरिन्छ ।' पोजेटिभ देखिएमा आइसोलेसनमा पठाउने र नेगेटिभ देखिएमा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्ने गरी पठाउने गरिएको उनले बताए ।
'सीमाबाट थोरै संख्यामा मानिसको प्रवेश'
पहिलो चरणको कोभिडमा बाँकेको जस्तै पिडा पर्सा जिल्लाले पनि भोगेको थियो । खुला सीमा हुँदा भारतबाट आउने मानिसको संख्या बढी रहेकाले पनि संक्रमणको संख्या उच्च विन्दुमा पुगको थियो। यसबाट सबैभन्दा बढी प्रभावित वीरगञ्ज महानगरपालिका बनेको थियो र अहिले पनि त्यस्तै छ ।
सीमाबाट आवतजावत रोकिएको पर्साका प्रमुख जिल्लाका अधिकारी पिताम्बर घिमिरे बताउँछन् । थोरै संख्यामा आइरहेका र भारतमा पनि लकडाउन रहेकाले पनि नेपाल प्रवेश गर्ने मानिसको संख्या एकदमै कम रहेको उनले बताए ।
'बिहानको समयमा २ घण्टा मात्र बजार खोल्ने अनुमति दिएक छ,' उनले भने,' सबैलाई जनस्वास्थ्यका मापदण्ड कार्यान्वय गर्न लगाइएको छ ।' कोभिड उपचार केन्द्रमा सबै संक्रमित भरिएको उनले जानकारी दिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया