कोहलीको शतकमा बैँग्लोर प्लेअफ नजिक

काठमाडौँ- विराट कोहलीको शतकको मदतमा रोयल च्यालेन्जर्स बैँग्लोर इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ नजिक पुगेको छ । बिहीबार राति हैदराबादमा भएको खेलमा घरेलु टोली सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै बैँग्लोरले प्लेअफको सम्भावना बलियो बनाएको हो ।
१३ खेल खेलेको बैँग्लोरले ७ जितसँगै १४ अंक जोडेर तालिकाको चौँथो स्थानमा उक्लिएको छ । नेट रनरेटमा पछि परेको पाँचौ स्थानको मुम्बईको पनि १४ अंक छ । प्लेअफमा पुगिसकेको गुजरात टाइटन्सको १८ तथा दोस्रो स्थानको चेन्नई सुपर किंग्स र तेस्रो स्थानको लखनउ सुपर जायन्ट्सको समान १५-१५ अंक रहेको छ ।
बिहीबार राति १ सय ८७ रनको लक्ष्य बैँग्लोरले १९ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । बैँग्लोरका लागि विराट कोहलीले ६३ बलमा एक सय रन बनाए । फाफ डु प्लेसिसले ४७ बलमा ७१ रनको योगदान गरे ।
यसअघि सट हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८६ रन बनायो । उसका लागि हेनरिच क्लासेनले ५१ बलमा १ सय ४ रन बनाए । बैँग्लोरका लागि माचेल ब्रेसवेलले सर्वाधिक २ विकेट लिए ।
आईपीएलमा आज पञ्जाब किंग्सले राजस्थान रोयल्सको सामना गर्नेछ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया