काठमाडौँ महानगरका सामुदायिक विद्यालयमा चल्ने 'कोडिङ क्लब' के हो र कसरी चल्दैछ?

काठमाडौँ- सामाजिक सञ्जालमा केही दिनअघि संस्कृत दरबार हाई स्कुलको परिसरमा तरकारी फलिरहेको फोटो भाइरल बन्यो । सबैले विद्यालयको प्रशंसा र व्यवहारिक शिक्षा प्रणाली यस्तै हुनुपर्ने भन्दै प्रशंसा पनि गरे ।
तस्विरमा बिरुवामा फल मात्र लागेको थिएनन् । विद्यार्थी पनि थिए । विद्यार्थीहरू बिरुवाको वरिपरि झुम्मिएर त्यसलाई गोडमेल गरिरहेका थिए । दरबार हाई स्कुल काठमाडौँ महानगरभित्रको नभइ मुलुकको पहिलो र पुरानो विद्यालय मानिन्छ।
पछिल्लो समय महानगरले विद्यालयको शिक्षा प्रणालीदेखि र संरचनासमेत राम्रो हुनुपर्ने भन्दै अभियान चलाउँदै आएकाे छ। विद्यार्थीको चौतर्फी विकासका लागि पनि विभिन्न कार्यक्रम तथा नयाँ-नयाँ अभियान चलाइरहेको छ ।
महानगरका मेयर बालेन्द्र शाहले केहीदिन अघि मात्र विद्यालयको कक्षाकोठा अवलोकन गरेका थिए । उनले विद्यालय निरीक्षण पश्चात भनेका थिए,’ हामीले विद्यालयका शिक्षकहरूसँग स्रोत साधन र मानव संसाधनको अवस्था कस्तो छ भनेर बुझ्नुका साथै पुस्तकालयको अनुगमन पनि गरेका छौं। निरीक्षणले विद्यार्थी र शिक्षकहरू सँग थप नजिक भएको महसुस भएको छ ।‘
महानगरले विद्यार्थीहरूको चौतर्फी विकास तथा फरक तरिकाले सोच्न सक्ने क्षमता अभिवृद्धि गर्ने योजना बनाएको छ । हालै मात्र महानगरभित्रका केही सामुदायिक विद्यालयमा अबदेखि ‘र्यास्प्याबेरी- पी कोड क्लब ग्लोबल’ स्थापना भएको छ ।
पहिलो चरणमा महानगरले १४ वटा सामुदायिक विद्यालयमा ‘पी-कोड’ क्लब स्थापना गर्ने तयारी गरेको छ । नौलो सिकाइ विधि भएको नेपाली शैक्षिक पाठ्यक्रममा समावेश नभएको कोड क्लब भनेको के हो ? यस बारेमा बुझ्न इकागजले क्लब सञ्चलन गर्ने डिजिटल बियोन्डलाई सम्पर्क गरेको छ ।
एक विद्यालयमा कोड क्लब स्थापना गरी विद्यार्थीलाई कोडिङमार्फत सिकाइ र बुझाइको माध्यमबाट थप सहज बनाउने डिजिटल बियोन्डका कार्यकारी निर्देशक सगुन ढुंगाना बताउँछन् ।
उनका अनुसार कोडिङ क्लब आफैँमा एउटा सिकाइको क्लब हो । क्लबले विद्यार्थीका लागि आफ्ने पाठयक्रम बनाएको छ ।
‘र्यासप्याबेरी फाउण्डेसन’ आयरल्याण्डमा छ । यसमा नेपालको डिजिटल बियोन्ड पनि आबद्ध छन् । पाँच महिनादेखि आबद्धता जनाएको छ । फाउण्डेसनले ९ देखि १३ वर्षसम्मका विद्यार्थीका लागि कसरी सिकाइ प्रभावकारी बनाउन सकिन्छ भनेर पाठयक्रम बनाएको छ । विश्वभरमा १ लाख ८० हजार विद्यार्थीले यो पाठयक्रमको प्रयोग गरिसकेका छन् ।
यो पाठयक्रम उत्तर अमेरिकादेखि दक्षिणपूर्वी एशियासम्म लागू भइसकेको छ । ब्राजिलदेखि बंगलादेश र नेपालसम्म आइपुगेको छ । विभिन्न मुलुकमा गरी १८ हजार क्लब स्थापना भएका छन् ।
क्लबको उद्देश्य विद्यार्थीमा आलोचनात्मक क्षमता र तार्किक क्षमता वृद्धि गर्नु हो । किताबबाट लिने ज्ञान विद्यार्थीले खेलको माध्यमबाट सिक्न सक्छन् । स्क्रयाच फाउण्डेसनको कोर्ष हुन्छ र यसलाई ब्लक पेस प्रोग्रामिङ पनि भनिन्छ ।
क्लबमा आबद्ध भएका जुनसुकै समूहका विद्यार्थीले सिक्न र गर्न सक्छन् । स्थानीय भाषा र विषयवस्तुमा रहेर पनि सिकाउन प्रयास गरिने ढुंगानाले बताए । स्थानीय भाषा र विषयवस्तुलाई उपयोग गर्न सकिने गरी स्थान पाएको उनको भनाइ छ ।
‘यसका पाठयक्रममा कुन उमेर समूहका र कति कक्षाका लागि उपयोगी हुन्छ भनेर समावेश गरिएको हुन्छ,’ उनले भने,’ क्लबमा आबद्ध भएका विद्यार्थीहरूले सिक्छन् । यसले विद्यार्थीमा आलोचनात्मक र विश्लेषणात्मक क्षमताको विकास गराउँछ । विद्यार्थीमा यी दुई मुख्य कुराको विकास गर्नु हो ।‘
नेपालको सिकाइ अनुभवका बारेमा जानकारी पाएमा फाउण्डेसनले नेपालकै लागि भनेर पनि पाठयक्रम परिवर्तन गर्न सक्ने उनले विश्वास व्यक्त गरे ।
विद्यार्थीलाई शब्दमार्फत सिकाइने उनको भनाइ छ । सामान्य भाषाबाटै कोडिङका सामान्य नियमहरू सिकाइ गरिने उनले प्रस्ट पारे । जसले कम्प्युटरको मात्र प्रयोग गर्छन् ।
ब्लक तानेर र टेक्स्ट सिकेर पनि उनीहरूले थप नयाँ विधि सिक्न सक्छन् । फरक-फरक दिशामा राखेका कोडिङ राखिएको हुन्छन् र त्यसैले पनि उनीहरूलाई परिपक्वता दिन सक्ने ढुंगानाको बुझाइ छ ।
प्रत्येक क्लबमा एकै पाठयक्रमका आधारमा कोडिङमार्फत सिकाइन्छ । विद्यार्थीले सिकाइ गर्दा समस्या देखेमा समाधान पनि कसरी खोज्ने त्यसबारेमा आफूलाई सुधार गर्न सक्छन् । विद्यार्थीले नयाँ-नयाँ कुराबाट समस्याको समाधान खोज्न थप रणनीति सिक्ने छन् ।
क्लबमा आबद्ध हुने विद्यार्थीले ब्लक बेसमा आधारित रहेर सिकाइ गर्न सक्ने ढुंगानाले बताए । सातामा एउटा क्लबका लागि एक घण्टा कक्षा हुने उनले जानकारी दिए। आठदेखि दश विद्यार्थीका लागि एक जना भोलियन्टर शिक्षक हुन्छन् ।
‘विद्यार्थीले खुला कापीमा लेखेर वा पढेर सिक्न नसक्ने कुराहरू यहीँ विधिबाट पनि सिक्न प्रेरणा पाउने छन्,’ ४० वर्षीय ढुंगाना भन्छन्,’ गेम खेली-खेली सिक्न रुची जाग्न सक्छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको नेपाली विद्यार्थीले सिकेका कुराहरू विदेशका अन्य विद्यार्थीले देखेर सिक्न पनि सक्छन् ।‘
यस क्लबमा आबद्धता हुने विद्यार्थीका लागि शैक्षिक सामग्री भनेको कम्प्युटर हो । कम्प्युटरमार्फत कोडिङ चलाउने गर्छन् ।
क्लबमा आबद्ध हुन चाहने विद्यार्थीहरू शिक्षकलाई सम्पर्क गरेर आउन सक्छन् । विद्यार्थीहरूको बुझाइले अन्य विद्यार्थीलाई पनि सिकाइमा सहज बनाउन सक्छ । विद्यार्थीको सहभागिताले थप संख्या बढेर जान्छ ।
महानगरको सामुदायिक विद्यालयमार्फत नेपाललाई चिनाउने काम भइरहेको ढुंगाना बताउँछन् । क्लबमा आबद्ध भएपछि स्थानीयकरण गर्ने पनि योजना बनाएर अगाडि बढाउने काम गरिएको उनले बताए । विद्यालयमा क्लब चाँडै सञ्चालन गर्न गइरहेको र यसका लागि शिक्षक तयारी गर्दै गरिरहेको उनी बताउँछन् ।
अंग्रेजीमा विषयवस्तु भए पनि नेपाली भाषामा विद्यार्थीलाई सिकाइका लागि सहजीकरण गरिने उनले सुनाए । ‘र्याप्याइ फाउण्डेसन’ मा विद्यार्थीको उमेर समूह ९ देखि १३ रहेको छ ।
तर, नेपालको हकमा भने ९ देखि १८ वर्षसम्मका विद्यार्थीहरू सहभागी हुन पाउने र कक्षा ४ देखि कक्षा ८ सम्मका विद्यार्थीलाई क्लबमा सहभागी हुन पाउँछन् । यसका विधिहरू सजिलै इन्टरनेटबाट पाउन सक्ने उनले बताए । इन्टरनेटमा भएका सबै पाठयक्रमलाई अनुवाद गरेपछि मात्र सिकाइको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।
महानगरभित्रका विद्यालयमा स्वयंसेवीका रुपमा निःशुल्क सिकाइमा योगदान गरिने ढुंगानाले बताए । महानगरभित्र मात्र नभइ यो फाउण्डेसनले उपलब्ध गराउने सिकाइ उनले संसारभर निःशुल्क हुने सुनाए ।
‘फाउण्डेसनले पारिश्रमिक दिदैन । स्टीकर र प्रमाणपत्र मात्र उपलब्ध हुन्छ,’ उनले थपे,’ कोड क्लबको नाम र प्रिन्सिपलको नाम समावेश हुन्छ ।‘ पहिलोपटक फाउण्डेसनमा नेपालका १४ विद्यालय दर्ता भएका छन् । कोड क्लबका वेभसाइटमा नेपालका सबै विद्यालको नाम समावेश छन् ।‘
कोड क्लब सञ्चालन गर्न विद्यालयले फाउण्डेसनसँग अनुमति माग्नुपर्नेछ । अनुमति मागेसँगै विद्यार्थीको सुरक्षाका लागि डाटा संरक्षण गर्न बियोन्ड डिजिटलले सहजीकरण गरिरहेको जानकारी दिए ।
यो विधि महानगरको सबै विद्यालयमा लागू गर्ने योजना रहेको छ । महानगरको ८९ विद्यालयमा पुग्नेगरी काम गाडी बढिरहेको उनले बताए ।
‘कोडिङको माध्यमबाट विद्यार्थीलाई सिकाइमा सहज बनाएर फरक क्षमताको विद्यार्थी बनाउने उद्देश्य नै हो,’ ढुंगाना भन्छन्,’ सोच्ने क्षमतामा अभिवृद्धि हुन्छ । बानी र व्यवहारमा परिवर्तन होला ।‘
करिब २ लाख विद्यार्थीले बनाएका विभिन्न प्रोजेक्टहरू नेपाली विद्यार्थीहरूले सिक्न पाउने र नेपाली विद्यार्थीको सिकाइ अनुभव अरुले जान्न पाउने उनले उल्लेख गरे । फरक-फरक देशका विद्यार्थीहरूको सिकाइका अनुभव हेरेर सिकाइमा थप विकास गर्न सकिने उनले भनाइ राखे ।
ब्योन डिजिटलले महानगरसँग दुई वर्षका लागि विभिन्न कार्यक्रमका लागि सम्झौता गरेको छ । महानगरभित्रका प्रत्येक विद्यालयलाई एक वेभसाइट दिने र शिक्षकलाई प्रविधिसँग नजिक बनाइ तालिम दिएर कक्षासम्म प्रविधि लिएर जान सक्ने बनाउने उद्देश्य छ ।
‘भौतिक संरचना र अन्य सुविधाका दृष्टिकोणले पनि महानगरभित्रका सरकारी विद्यालयलाई छनौट गरेका छौ,’ उनी उत्साहित सुनिए,’ यसलाई पाइलट प्रोजेक्टको रुपमा लिएका छौ । यहाँको प्रभावकारी सिकाइ निस्किएपछि गरिसकेपछि देशका अन्य स्थानीय तहमा जाने योजना बनाएका छौ ।‘
ढुंगानासँग कोभिड महामारीमा ‘डिजिटल डिभाइड’ भएको अनुभव छ । महामारीमा मोबाइल, ल्यापट र अन्य सुविधा भएकाले पढ्न पाए भने नभएकाले छुट्टै पीडा खेपेको उनले अनुभव सुनाए ।
‘विद्यार्थीले जुममार्फत पढे,’ उनले भने,’ हुनेले उपयोग गरे होलान् नहुनेले त्यसलाई वैकल्पिक उपायको रुपमा पनि खोजे होलान । एकै डिभाइसबाट तीन जनाले सम्म सिकाइ लिए ।‘
महानगरभित्रका निजी र सामुदायिक विद्यालयका खाडल अन्त्य गर्नु पनि हाम्रो उदेश्य रहेको उनी बताउँछन् ।
‘जहाँ सामुदायिक विद्यालयमा डिजिटल पहुँच छ भनेर सन्देश पुर्याउनु छ,’ उनी जोशिलो सुनिन्छन्,’ एसीसीइ परीक्षामा विद्यार्थीको उत्तीर्ण संख्या न्यून भए । जसले गर्दा तिनीहरूको संख्या बढाउनु छ । निजीमा शुल्क लिएर सुविधा भए पनि अब सामुदायिक विद्यालयमा कोडिङ जस्ता शिक्षा निःशुल्क दिने छौ ।‘
महानगरभित्रका विद्यालयमा क्लब सञ्चालन गर्न संरचना पुग्ने उनको दाबी छ । यो विषय महानगर भित्रका शिक्षक र विद्यार्थीले आवश्यक रहेको सबैलाई महसुस भइरहेको उनले बताए । कोडिङले विद्यार्थीको सोचाइमा निख्खरता ल्याउने उनको विश्वास छ ।
क्लबमा आबद्ध विद्यार्थीलाई सिकाउने शिक्षकले ६ घण्टाको अनलाइन कोर्स गर्नुपर्छ । ‘भिडियोबाट हेरेर सिकेपछि र क्षमतावान भइसकेपछि मात्र भोलिन्टियर गर्न पाउनेछन्,’ उनले भोलियन्टरको योग्यताको बारेमा बताउँदै भने,’ विद्यालयका शिक्षक र वा बाहिरका भोलियन्टरले पनि सहभागी हुन सक्छन् ।‘
विद्यालयका शिक्षक र कक्षाका सिनियर विद्यार्थीलाई तालिम दिने तयारी गरिरहेको ढुंगानाको भनाइ छ । स्कुलमा राखिएका क्लबको समयावधि आजीवन हुने उनले सुनाए ।‘ सिकाइको प्रक्रिया नरोकियोस भनेर क्लब निरन्तर चलिरहन्छ,’ उनको भनाइ छ,' यममा सबै विद्यार्थीहरू समावेश हुँदैनन् । रुची भएका विद्यार्थीहरू मात्र यसमा सहभागी हुन्छन् । नयाँ क्लब भन्नसाथ सबै आउँछन भन्ने छैनन् । रुचि राख्ने र सहजै बुझ्न सक्नेहरू मात्र आउने गर्छन् ।'
ढुंगाना सन् २०१३ देखि २०१५ सम्ममा यो क्षेत्रसँग आवद्ध भएका हुन् । (गुगल एजुकेटर काठमाडौँ) गुगलमैत्री शिक्षक काठमाडौँका लागि फर्म भएपछि नेतृत्त्व सम्हाल्दै काम गरेको अनुभव उनीसँग छ ।
गुगलले पनि शिक्षा सबैका लागि भन्दै बियोन्डसँग पार्टनरसीप दिएको छ । उनीसँग अष्ट्रेलिया बसेर काम गरेको पनि अनुभव छ । शिक्षाको क्षेत्रमा काम गरेकाले पनि यो क्षेत्रमा लाग्न प्रेरणा मिलेको उनीसँग अनुभव छ । रोचक पक्ष सुनाउँदै भन्छन,’ परिवारका अग्रजहरू पनि शिक्षाको क्षेत्रमा लाग्नु भएको थियो । अधिकांश सदस्यहरू यही क्षेत्रमा हुनुहुन्छ ।‘

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

प्रतिक्रिया