सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अनिता देवीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताएका हुन् । उनले यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको पनि बताए ।

सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको पनि उनले जानकारी गराए ।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा कृषिलाई र किसानहरूको हितलाई उच्च प्राथमिकता दिइने स्पष्ट पारे । त्यस्तै उत्पादन र रोजगारी सृष्टिको कुरालाई पनि उच्च प्राथमिकता दिइने उनको भनाइ छ ।