पाल्पाका होटल आइसोलेशन

काठमाडाैँ : कोरोनाको दोस्रो लहर फैलिँदै जान थालेपछि पाल्पाका होटललाई आइसोलेशन बनाउन थालिएको छ । गाउँगाउँमा सङ्क्रमण बढ्दै गएको अवस्थामा आइसोलेशनको अभावमा कोही नागरिकले मृत्युवरण गर्न नपरोस् भनी होटललाई आइसोलेशन बनाइएको पाल्पा होटल तथा रेष्टुराँ व्यवसायी समितीका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।
जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समितीले अनुमती दिएपछि होटललाई आइसोलेशन बनाइएको श्रेष्ठले बताए । सङ्क्रमितलाई अक्सिजन सहितको खाना, खाजा तथा अन्य सेवाका लागि होटलमा दुई जना बसोबास गरेवापत दैनिक प्रतिव्यक्ति रु दुई हजार र एक जनाका लागि तीन हजार शुल्क कायम गरिएको छ । जिल्लाको दश स्थानीय तहमध्ये सबैभन्दा बढी सदरमुकाम तानसेनमा कोरोना सङ्क्रमणको दर बढ्दो छ ।
तानसेनमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले पहिलो चरणमा होटल अन्नपूर्ण, मोनिका गेष्टहाउस, सिम्रिक, ताज, श्रीनगरमा आइसोलेशन सञ्चालन गरिएको छ । पहिलो चरणमा तयार पारिएका होटल आइसोलेशनमा तीन सय शय्या छ भने आवश्यकताअनुसार थप गर्दै जाने समितिले जनाएको छ ।रासस

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया