मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

२० बर्षअघिको बलात्कार मुद्दाका दोषी तनहुँमा पक्राउ

सांकेतिक तस्विर

तनहुँ - २० वर्ष अघि जबर्जस्ती करणी गरेको घटनालाई लिएर तनहुँमा हालै एक जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार व्यास नगरपालिका–२ उत्तरशिलाका ४८ वर्षीय विनोद शाक्य २० वर्ष पछि पक्राउ परेका हुन् । 

प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार २० बर्ष पछि शाक्यलाई उनकै घरबाट पक्राउ गरी जिल्ला कारागार पठाइएको छ । उनका अनुसार जिल्ला अदालत तनहुँले २०६० असोज २८ गतेको गरेको फैसला अनुसार उनलाई ५ वर्ष कैद सजाय तोकेको थियो ।

तर, सो सजाय तोकेको भए पनि उनी भने २० वर्ष देखी फरार रहँदै आएका थिए ।