एकदिवसीय वरीयतामा सन्दीप लामिछानेको छलाङ

काठमाडौँ- आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेले छलाङ मारेका छन् ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार एकदिवसीयको बलिङतर्फ सन्दीप १९ औँ वरीयतामा उक्लिएका छन् । उनी यसअघि २२ औँ स्थानमा थिए । सन्दीपले बंगलादेशका मुस्ताफिजुर रहमान तथा भारतका कुलदिप यादवलाई पछि पारेका छन् ।
बलिङतर्फ दिपेन्द्र सिंह ऐरी ५५ औँ, सोमपाल कामी ६७ औँ स्थान तथा करण केसी ८९ औँ स्थानमा छन् । ब्याटिङतर्फ रोहित पौडेल ६७ औँ तथा आशिफ शेख ७४ औँ स्थानमा छन् ।
एकदिवसीय वरीयतमा भने नेपाल १४ औँ स्थानमा छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया