शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

गोर्खा अस्पतालमा कोभिड आइसाेलेशन चलाउन एफएनसीसीआई र महानगरबीच सहमती

काठमाडौं : क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसाेलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्बर १७ बीच सहमती भएको छ । कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना तथा सञ्चालन सम्बन्धी सहमतिपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धरले हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि उपस्थिति थियो । 

आइसाेलेशन केन्द्र आगामी आइतबारबाट सञ्‍चालनमा आउने छ भने सेन्टरमा प्रारम्भमा जम्मा ५० बेड रहने छन् र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय बेडसम्म पुर्‍याइने छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइसाेलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड बिरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइसाेलेशन सेवा प्रदान गरिने छ ।

केन्द्र अन्तरगत आइसाेलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था समेत हुनेछ ।

आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने उल्लेख छ । आइसाेलेशनमा रहेका बिरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने भनिएको छ । आइसाेलेशनमा रहेका आपतकालिन वा आकस्किम उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउने छ भने महासंघले कोभिड आइसाेलेशन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक पर्ने आर्थिक स्रोत रकम जुटाउने छ । 

केन्द्रको लागि हुने खर्च एवं खर्च रकमलाई पारदर्शी, मितव्ययी र प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवं खर्च व्यवस्थापन समिति गठन गरिएको र उक्त समितिमा भक्त बहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्य छन् । 

सहमतीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी संक्रमितहरूको सहयोगार्थ महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच भएको यो सहमती र सहकार्य ऐतिहासिक हुने बताए । कोभिड आइशोलेशन तथा प्राथमिक उपचार केन्द्र स्थापना र सञ्चालनबाट कोभिड संक्रमित बिरामीहरूलाई ठूलो राहत हुने भन्दै अध्यक्ष गोल्छाले आपसी सहमतीलाई पूर्ण पालना गर्न महासंघको तर्फबाट प्रतिवद्धता जनाए । 

कोभिड आइसाेलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्‍चालन गर्ने कार्यमा समन्वय गरीरहनु भएको महासंघको स्वास्थ्य तथा सीप विकास समितिका सभापति हेमराज ढकालले काठमाडौं महानगरपालिका वडा नम्बर १७ लाई धन्यवाद समेत दिंदै केन्द्र संचालनबाट कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम