गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किँदा चार घाइते

चितवन - गर्भवती बोकेको एम्बुलेन्स ट्रकमा ठोक्किदा चार जना घाइते भएका छन्।
नारायणगढ–मुग्लिङ सडक खण्ड अन्तर्गत रामनगरमा सडकमा रोकिराखेको ना ७ ख ६४ नम्बरको ट्रकमा गर्भवती बोकेको एम्बुलेन्स ठोक्किदा चार जना घाइते भएका हुन । उक्त एम्बुलेन्समा गर्भवती श्रृजना गौतम गोरखाबाट उपचारका लागि भरतपुर आउँदै थिइन् ।
जिल्ला प्रहरी कार्यालय चितवन ट्रकमा ठोक्किएर घाइते भएका मध्ये एम्बुलेन्स चालक गोरखा, सुलिकोट गाउँपालिका– ६का एक बहादुर सुनार र गर्भवती श्रृजना गौतमको अवस्था गम्भीर रहेको छ भने गर्भवती गौतमको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ। उनका श्रीमान सुदिप गौतम मध्यम र मिना कोइराला भने सामान्य घाइते भएका छन्। उनीहरू सबैको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ ।
थप अनुसन्धानका लागि ट्रक चालक हेटौँडा उपमहानगरपालिका– १९ का सुरज श्रेष्ठ प्रहरी नियन्त्रणमा छन्।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया