रोल्पामा एक हप्तामा तीन दुर्घटना, चारजनाले ज्यान गुमाए

रोल्पा । रोल्पामा एक हप्तामा तीनवटा दुर्घटनामा परी चारजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजना तथा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो ।
गत वैशाख २८ गते लुङ्ग्री गाउँपालिका–५ मछेनीमा सडक कालोपत्र गर्ने कामदार बोकेको रा१त ३८८१ नंको ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाउँका १३ वर्षीय खेमराज रोका र १२ वर्षीय टेकेन्द्र बस्नेत रहेका छन् । उक्त दुर्घटनामा परी चारजना घाइते भएका थिए ।
यसैगरी गत वैशाख ३० गते रोल्पा नगरपालिका–२ कालापैह्रामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा रोल्पा–६ कोटगाउँका २२ वर्षीय उमेश वाँठामगरको उपचारका क्रममा मृत्यु भएको हो । सोही मोटरसाइकलमा पछाडि सवार अर्को एकजनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गत वैशाख ३० गते सुनछहरी गाउँपालिका–४ सुनछहरी झरनामा रहेको पोखरीमा डुबेर नेपालगञ्ज उपमहानगरपालिका–१८ की २४ वर्षीया चन्द्रा सुनारको मृत्यु भएको थियो । श्रीमानसँग सुनछहरी झरना हेर्न गएकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोल्पामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म भवितव्य ज्यान, सवारी ज्यान जस्ता दुर्घटनामा परी ३३ जनाले ज्यान गुमाइसकेका छन् । भवितव्य घटनामा २५ र सवारी दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन् । अठार जना भिरबाट लडेर मरेका हुन् । तीव्र गति, समयमा सडक मर्मत र सम्भार नगर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने गरेको प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले जानकारी दिए । मापसे गरी भिरको बाटो हिँड्दा पनि बढीजसोको लडेर ज्यान जाने गरेको पाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया