रुपन्देहीका पत्रकारले बनाए 'कोरोना कोष'
बुटवल : नेपाल पत्रकार महासंघ रुपन्देहीले ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’मा बनाएको छ। कोषमा रुपन्देहीका विभिन्न व्यक्ति, उद्योगी-व्यवसायी, सामाजिक संघसंस्था र विदेशमा रहेका नेपाली तथा पत्रकारिता क्षेत्रका व्यक्तिले रकम उपलब्ध गराएका छन् । कोषमा स्वत स्फूर्त रूपमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गरेको अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । कोषमा विभिन्न व्यक्तिबाट ७ लाख ५० हजार रुपैयाँ सहयोग जुटेको छ । कतिपयले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
उनकाअनुसार साढे २ लाख रुपैयाँ पत्रकार महासंघको कोषमा प्राप्त भइसकेको छ । कोरोनाको दोस्रो लहरबाट रुपन्देहीमा समेत पत्रकारहरू संक्रमित हुनेक्रम बढ्दै गएपछि यसले भविष्यमा निम्त्याउने संकटलाई हेरेर कोष स्थापना गरिएको अध्यक्ष पोखरेलले बताए । महासंघ रुपन्देहीको बैशाख २७ गते बसेको अनलाइन बैठकले उपाध्यक्ष विश्वास ढकालको संयोजकत्वमा ‘पत्रकार कोरोना तथा आपतकालीन कोष’ स्थापना गरेको थियो ।
कोष स्थापना गरिएको ३ दिनको अवधिमै सोचे भन्दा सहज रूपमा रकम जम्मा भएको महासंघका उपाध्यक्ष तथा कोषका संयोजक विश्वास ढकालले बताए । महामारीले पत्रकारिता क्षेत्रमा थुप्रै चुनौती खडा गरेकाले यो पटक रुपन्देहीका पत्रकारलाई केही हदसम्म भए पनि कोषमार्फत काम गर्न खोजेको उपाध्यक्ष अमृता अनमोलले बताइन् । पत्रकारको उपचारमा सरकार तथा विभिन्न अस्पतालसँग समन्वय र सहकार्य गर्ने तथा त्यसपछि पत्रकारहरूलाई पर्ने अप्ठ्यारोमा कोषको रकमलाई प्रयोग गरिने जनाइएको छ ।
दोस्रो लहरबाट रुपन्देहीका २१ जना पत्रकार संक्रमित भएको सचिव विनोद परियारले जानकारी दिए । उनकाअनुसार यसअघि महासंघले रुपन्देहीका सदस्य पत्रकारहरूका लागि विभिन्न संघसंस्थासँग सहकार्यगरी स्वास्थ्य सुरक्षा सामाग्री समेत वितरण गरिसकेको छ ।
कोषमा सहयोग गर्ने व्यक्तिहरूको नाम केही दिनमा सार्वजनिक गर्ने कोषाध्यक्ष सञ्जय सौगातले जानकारी दिए । पत्रकारको उपचार, राहात तथा आपतकालीन अवस्थामा प्रयोग गरिने उक्त कोषमा सहयोग गर्न समेत महासंघले आग्रह गरेको छ ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया