भ्रष्टाचारविरोधी आन्दोलनमा भ्रष्टाचार आरोपित नै संलग्न छन् : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरोधी आन्दोलनमा भ्रष्टाचार आरोपित नै सहभागी भएको टिप्पणी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले यस्ताे परिपाटी ३४ वर्षदेखि चलिरहेकाे आराेप लगाए ।
‘अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचारका आरोपित नै संलग्न छन् । यो अहिले मात्रै होइन, ३४ वर्षदेखि चलिरहेको अभ्यास हो,’ शाहीले भने, ‘यस्तो आन्दोलनले भ्रष्टाचार न्यूनीकरण हुँदैन ।’
उनले भ्रष्टाचारीविरुद्ध कानुनमा पाँच वर्षको हदबन्दी राख्न लागिएकोमा पनि आपत्ति जनाए ।
‘सडकमा होइन, सदनबाट मुलुकका ठूल्ठूला भ्रष्टाचारका काण्ड सुन काण्ड, महराको टेप काण्ड, चमेलिया, लाउडा, चेज एयर, ओम्नी, यती, लडाकूका नाममा भएको भ्रष्टाचार, नेपाल ट्रष्टलगायतका काण्डमा पार्टी र सिद्धान्तभन्दा माथि उठेर कानुन बनाउन तयार हो ?’, उनले प्रश्न गरे ।
‘हुनुहुन्छ भने हेर्न चाहान्छु ल आज हात खडा गर्नुस्, हुनुहुन्छ कोही ?,’ ठूला दललाई चुनौती दिँदै शाहीले भने, ‘त्यही भएर अहिले म भन्न चाहन्छु । यसो नगरौं, तिमी हेरेजस्तो गर्नु म देखेजस्तो गर्छु । तिमी खेदेजस्तो गर्नु म दौडेजस्तो गर्छु । यस्तो प्रवृत्तिले भ्रष्टाचारलाई न्यूनीकरण गर्दैन ।’
उनले भ्रष्टाचारीलाई आजीवन काराबास र तीनपुस्ते सम्पत्ति जफत गर्ने गरी कानुन बनाएर अघि बढ्नुपर्ने समेत बताए ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया