आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्रीको भ्रमण पछि सार्याे : पन्त

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्नो एजेण्डामा सहमत गराउन भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण पछि सार्दै लगेको दाबी गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई उत्तर प्रदेशमा स्वागत गरेर भारतले प्रधानमन्त्रीमाथि भने आफ्नो एजेण्डामा सहमत गराउन दबाब कूटनीति अवलम्बन गरिरहेको उनको आरोप थियो । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई भारतको सो कूटनीतिको दबाबमा नपर्न पनि सचेत गराए । उनले इतिहासमा कहिल्यै पनि पराधीन नभएको नेपाल र त्यस देशका प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा देशको शिर निहुर्याउने, देशलाई अप्ठ्यारोमा पार्ने, नेपालको स्वाभिमान गिराउने कुनै पनि एजेण्डा हुन नहुनेतर्फ पनि गम्भीर ध्यानाकर्षण गराए ।
सांसद पन्तले नेपालको असंलग्न परराष्ट्र नीतिले आफ्नो सन्तुलन गुमाउन थालेको उल्लेख गर्दै दुःख समेत व्यक्त गरे ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया