सांसदहरूले लगाउने पोशाक तय गरेको प्रति सुमना श्रेष्ठले जनाइन् आपत्ति

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधिसभाले सांसदहरूले लगाउने पोशाक तय गरेको प्रति आपत्ति जनाएकी छन् । सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो नियम भ्रष्टाचार र मानव बेचबिखन जस्तो जघन्य अपराधबाट विषयान्तर गर्न ल्याइएको बताइन् ।
उनले यसलाई आफूहरूले सफल हुन नदिने बताउँदै भनिन्, ‘भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्ने यो प्रयासलाई हामी सफल हुन दिने छैनौँ । समय निकै भएकैले होला टि–सर्ट र जिन्समा अड्किनु भएको । प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने ?’
परिवर्तनको मशाल बोक्नेहरूलाई सत्तामा रहेका शासकहरूले दबाउने गरेको उनको भनाइ थियो ।

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

प्रतिक्रिया