बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

टोपबहादुर रायमाझी काठमाडौं अदालतमा

फाइल फोटो

काठमाडौं - नक्कली भुटानी शरणार्थी पक्ररणमा ११ दिन पछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ । ​

शनिबार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरबाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो । 

उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतबाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाइएको छ ।