हत्या गरी फालिएको अवस्थामा सप्तरीमा युवकको शव फेला

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा आइतबार हत्या गरी फालिएको अवस्थामा युवकको शव फेला परेको छ ।
रुपनी गाउँपालिका वडा नम्बर १, रायपुरस्थित रुपनी राजविराज सडक खण्ड अन्तर्गत रोडदेखि २५ मिटर पश्चिम खेतमा शम्भुनाथ नगरपालिका वडा नम्बर २ खैरबनाका २२ वर्षीय मो. तफेजुलको शव फेला परेको हो ।
तफेजुललाई शनिबार राति नै हत्या गरी खेतमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट घटनास्थलमा तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया