चितुवाको छालासहित एक युवक पक्राउ

सुर्खेत : चितुवाको छालासहित सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट एक युवकलाई पक्राउ गरिएको छ । गुर्भाकोट नगरपालिका ९ बोटेचौरका २६ वर्षे विरेन्द्रकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
चितुवाको छालासहित ती युवकलाई छिन्चु जाजरकोट सडकखण्ड अन्र्तगत कुरीले भन्ने ठाउँमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विशेष सूचनाका आधारमा प्रहरी कार्यालयबाट खटिएको टोलीले खत्रीलाई मोटरसाइल चलाइरहेको अवस्थामा फेला पारेको थियो ।
खत्रीले बोटेचौरबाट सल्ली बजारतर्फ चलाई लिएको भे ४ प ४८८७ नं. को मोटरसाईकल रोकी चेकजाँच गर्दा चितुवाको छाला भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपि रामप्रसाद घर्तीले जानकारी दिए ।
खत्रीले बोकेको झोलामा लुकाई छिपाई राखेको टाउकोदेखि पुच्छरसम्म भएको चितुवा (बाघ)को छालासहित उनलाई पक्राउ गरिएको छ । पक्राउ गरिएका खत्रीलाई आवश्यक कारवाहीका लागि गुर्भाकोट शव डिभिजन बन कार्यालय मेहलकुना सुर्खेतमा पठाईएको प्रहरीले जनाएको छ ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_tt0LYYucy3_cyoy2h9nyn3mm7txypikuxlapu3zhf1nqphbpkzesnn2udchg6lck8dxrbjr.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया