भोलिदेखि नेपाल–बंगलादेश ऊर्जा बैठक (एजेण्डासहित)
काठमाडौं- भोलि सोमबारदेखि बंगलादेशको राजधानी ढाकामा हुन लागेको नेपाल–बंगलादेश ऊर्जा सचिव स्तरीय पाँचौं बैठकमा मुख्य सातवटा विषयमा छलफल हुने भएको छ ।
इकागजलाई प्राप्त बैठकका एजेन्डाअनुसार दुई दिनसम्म हुने उक्त बैठकमा नेपाल र बंगलादेशबीच विद्युत् व्यापारको सम्भावनाबारे छलफल हुनेछ ।
यसैगरी नेपालको जलविद्युत्मा सम्भाव्य लगानी, दुई देशबीच सीमापार अन्तर्देशीय विद्युत् प्रसारण लाइन कनेक्टिभीटी, नेपालको जलविद्युत् विकासमा बंगलादेशको सहभागिता विषय बैठकका मुख्य एजेन्डाका रुपमा रहेका छन् ।
नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरेले नेतृत्व गर्ने सचिवस्तरीय बैठक र त्यसअघि हुने सहसचिवस्तरीय बैठकमा माथिल्लो कर्णाली (९०० मेगावाट) आयोजनाबाट ऊर्जा आयात गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।
नेपालको माथिल्लो कर्णाली भारतको जीएमआर कम्पनीले प्रवर्द्धन गरी त्यसबाट उत्पादित ५ सय मेगावाट विद्युत् शक्ति बंगलादेशले खरिद गर्ने प्रारम्भिक सहमति भइसकेको छ । उक्त सहमतिअनुसार विद्युत् खरिद सम्झौता (पीपीए) हुन बाँकी छ ।
माथिल्लो कर्णालीको बिजुली आयात गर्ने प्रक्रियामा भइरहेका थप उपलब्धिबारे बैठकका छलफल हुने र नेपाल सरकारलाई बंगलादेश सरकारले जानकारी दिने एजेन्डा तय भएको हो ।
यसैगरी नेपाल र बंगलादेश सरकारबीच नवीकरणीय ऊर्जा अन्तर्गत विशेष गरेर सोलार होम सिष्टम विकास गर्न आपसी सहयोगका सन्दर्भमा पनि छलफल हुँदैछ ।
यसबाहेक द्विपक्षीय क्षमता विकासका प्रयासबारे पनि बैठकको एजेन्डामा राखिएको छ ।
नेपालले परीक्षणको रुपमा बंगलादेशमा बिजुली निर्यात गर्ने विषयमा पनि छलफल हुँदैछ । भारतीय संरचना उपयोग गरी ५० मेगावाट बिजुली बंगलादेशलाई आयात गर्न दिने गरी पछिल्लोपटक भारतको माउण्ट आबुमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक (जेएससी) मा सहमति भएको थियो । उक्त सहमति भारतले पालना गरेमा नेपालले बंगलादेशलाई ५० मेगावाट बिजुली आयात गर्न पाउनेछ ।
बंगलादेशले नेपालको सुनकोसी तेस्रो (६८३ मेगावाट) मा चासो देखाउँदै आएको छ । गत भदौ ८ गते काठमाडौंमा भएको सचिव स्तरीय चोथो बैठकमा सहभागी बंगलादेशको टोलीले सुनकोसी तेस्रोको स्थलगत अवलोकनसमेत गरेको थियो ।
नेपाल र बंगलादेशबीच विद्युत् व्यापार हुनका लागि भारतको सहयोग अनिवार्य छ । तर भारतले ५० मेगावाटको बिजुली निर्यात गर्न दिन सहमति जनाए पनि छुट्टै प्रसारण लाइन निर्माण गर्न दिनेबारे छलफलसम्म गरेको छैन ।

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_aKoM3baJl1_wjm9ri0vhnrwcshmpabdbat0ltcd6q0aeob1s1llhbiscuwztw87sriswdhi.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

प्रतिक्रिया