सरकार मौन तर नेपालप्रति माया राख्ने अमेरिकीद्वारा सिनेटको समितिमा काेभिड चिन्ता

काठमाडौँ : अमेरिकी सिनेट अन्तर्गतको वैदेशिक मामिला समितिको एक समूहमा नेपालमा कोभिड-१९ को महामरी बारे छलफल भएको छ । कोभिड-१९ भाइरसले नेपाललाई असहजमा पारेको र नेपालको राजनीतिक अवस्था पनि तरल रहेको भन्दै त्यहाँ छलफल भएको थियो ।
कोभिड-१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’ बारे हुने प्रश्न-उत्तर कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर क्रिस मुर्फेले नेपालको बारेमा जिज्ञसा राखेका थिए । उनले दक्षिण एसियाको विकराल अवस्थालाई लक्षित गर्दै नेपाल पनि त्यसमा परेका बताएका हुन् ।
अमेरिकामा रहेका नेपालीहरूले लगातार लविङपछि उनले समितिमा नेपालको सम्बन्धमा पनि चासो राखेका हुन् । कोभिड–१९ संक्रमण र मृत्युदरका हिसाबले अहिले नेपाल भारतभन्दा जोखिममा देखिन्छ । । नेपालमा रहेको दबाब समूहको धारणा सुनेकोझैं पारिए पनि अमेरिकामा रहेकाहरूको लगातार दबाब र नेपाल प्रति माया गर्ने अमेरिकीहरूका कारण पनि यो सम्भव भएको न्यूयोर्कस्थित नेपाली नियोगका अधिकारीहरूले बताए । खासमा दक्षिण एसियाको कुरा उठ्दा त्यसमा नेपाल आउने गर्छ ।
नेपालको जनसंख्या सवा तीन करोड छ । यतिबेला उनीहरू राजनीतिक अस्थिरता र कोभिड-१९ दुवैको मारमा परेको पनि प्रशंग उठेको हो । नेपालमा अमेरिकी सहयोग नियोग युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेको जानकारी न्यूयोर्क स्थित नेपाली नियोगका एक अधिकारीले भने ।
सिनेटर क्रिसले नेपालमा समयमा भारतबाट खोप पुग्न नसक्दा समस्या आएको र अन्य स्वास्थ्य सामाग्री पनि सहयोगमा ल्याउन नसकेको भन्दै चासो देखाएका थिए । अमेरिकाले विश्वमा परेको संकट मोचनका लागि उपलब्ध गराउने खोप नेपालमा पनि दिन पर्ने भन्दै लबिङ भइरहँदा यस्तो कुरा उठेको हो ।
कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको जनाएका थिए । नेपालमा संक्रमण उच्चदरमा फैलिएको पनि उनले जानकारी दिए । अमेरिकाका लागि नेपाली राजदूतले कत्तिपनि प्रयास नगर्दा पनि नेपालको विषय उठ्दा खुशी लागेको बताएका छन् । उनले अमेरिकी सहयोग नेपालको लागि अपरिहार्य रहने भन्दै कोभिड विरुद्धको खोपमा पनि अमेरकी सहयोग रहने विश्वास उनले गरेका छन्

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया