हेटौंडामा दोस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिता जेठ १५ बाट
मकवानपुर । दोस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगिता जेठ १५ गते साेमबारदेखि सुरु हुने भएको छ । नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने प्रतियोगिता हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा सञ्चालन हुने हेटौंडा उपमहानगरपालिका युवा तथा खेलकुद शाखाका प्रमुख बसन्तकुमार सिटौलाले बताए ।
प्रतियोगितामा सहभागी हुन हेटौंडाका उपमहानगरभित्रका सबै वडालाई पत्र पठाइसकेको सिटौलाले जानकारी दिए । प्रतियोगितामा सहभागीको लागि जेठ १३ गतेसम्म टिम दर्ता गर्न भनिएको छ । नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल जेठ २० गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले १ लाख ५० रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ५०–५० हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीलाई ५–५ हजार रुपैयाँ प्रदान गरिने सिटौलाले जानकारी दिए ।

मानव अधिकारको हरेक सवालमा आयोग संवेदनशील हुनुपर्छ : प्रदेश प्रमुख देवकोटा

छोरी भेट्न गएका प्रजा मृत भेटिए

अण्डा उत्पादन घट्यो , मूल्य बढ्यो

पाँचखाल नगरपालिकाद्वारा कर नतिर्ने इँटा उद्योग सिल

सवारीसाधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

प्रतिक्रिया