कोभिडले न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ : कोभिड-१९ संक्रमणबाट काठमाडौँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार उनको केही समयदेखि शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार भइरहेकामा आज निधन भएको हो ।
उनका अनुसार दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतक श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । यसअघि कोभिडका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो । रासस

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया