बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

वीरगञ्जबाट भन्सार छलीको ७४ बोरा चामल बरामद

फाइल फोटो

वीरगञ्ज - वीरगञ्जबाट प्रहरीले भन्सार छली ल्याइएको ७४ बोरा चामल नियन्त्रणमा लिएको छ ।

विभिन्न किसिमका चामल भन्सार छली वीरगञ्जमा ल्याई अनधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा प्रहरीले वीरगञ्ज–११ रानीघाटमा छापामारी गरेको थियो । उक्त क्रममा रानीघाटस्थित प्रकाशकुमार गुप्ताको पसलअगाडि लुकाइ छिपाइ राखिएको ७४ बोरा चामल नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले बताए ।

नियन्त्रणमा लिइएको चामलको मूल्य एक लाख २० हजार ८७८ कायम गरी आवश्यक कारबाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरी जानकारी दिए ।