सिन्धुली र मकवानपुरमा निषेधाज्ञा लम्बियो

सिन्धुलीः सिन्धुली र मकवानपुरमा निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जेठ ८ गतेसम्मलाई निषेधाज्ञा लम्बाएको हो । गएराति १२ बजेदेखि जेठ ८ गतेसम्मको लागि निषेधाज्ञा लम्बाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।
जिल्लामा १५ जना कोभिड संक्रमित अस्पतालमा उपचाररत रहेको भन्दै उनले निषेधाज्ञालाई थप कडाइ गरिने बताए । सिन्धुली अस्पताललाई ४७ बेडको कोभिड अस्पताल बनाइएको छ । अस्पतालको आफ्नै अक्सिनज प्लान्ट जडान गरेर संचालनमा ल्याँउदो अक्सिजन सिलिण्डरको अभाव भने नभएको उनले बताए ।
सिन्धुलीमा हालको लागि अक्सिजन सिलिण्डर स्टक राख्ने अवस्था नभएको प्रजिअ न्यौपानले बताए । सिन्धुली अस्पतालले विजुली गएको अवस्थमा प्रयोग गर्न केही थान सिलिण्डर भने जगेडा राखेको छ । यसअघि २२ बैशाखदेखि २९ बैशाख राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी भएको थियो ।
यस्तै मकवानपुरमा पनि निषेधाज्ञा लम्बिएको छ । शुक्रबार राति १२ बजेबाट जेठ १३ गतेसम्म लाई निषेधाज्ञा थप गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया