‘क्याप्टन मार्भल’को भूमिकाबाट हट्दै ब्रि लार्सन

लसएन्जल्स : केही वर्षयता मार्भल सिनेम्याटिक युनिभर्सको फिल्म क्याप्टन मार्भलको हिस्सा हुँदै आएकी ब्रि लार्सन अब भने यो फ्रेन्चाइजबाट बाहिरिने भएकी छिन् । मार्भलले क्याप्टन मार्भलको नयाँ फिल्मबाट ब्रिलाई हटाउने संकेत गरेको छ ।
ब्रिले क्यारोल डेनभरको रुपमा दुई पटक मार्भलको अन्य फिल्ममा देखापरेकी थिइन् । यसबाहेक ‘क्याप्टन मार्भल’ त भइहाल्यो । ब्रि यसको दोस्रो भागमा पनि देखिने चर्चा थियो तर स्टुडियो यो योजना परिवर्तन गरेको खबर छ ।
खबरअनुसार ब्रि लार्सनको ठाउँमा स्टुडियोले कमला खान र मोनिका रामबिउ लिने सोचिरहेको छ । मार्भलले एक जनाको साटो दुई जना राखेर फिल्मलाई थप रोचक बनाउन लागेको हो ।
स्टुडियो आफैंले भने ब्रिलाई मार्भलका सबै फिल्मबाट नै निकाल्न लागेको भने होइन । खालि यो फिल्मका लागि मात्र नयाँ सुपरहिरो प्रवेश गराउन लागेका प्रतिक्रिया दिएको छ ।
केही दिन अघि मात्र मार्भलले चौथो स्लेटका फिल्मको फस्ट लुक र प्रदर्शन मिति सार्वजनिक गरेको थियो । यही सात्र मात्र मार्भलको चार फिल्म रिलिज हुँदैछन् जसमा ‘ब्ल्याक विडो’, ‘इटर्नल्स’ मुख्य छन् ।

श्रद्दा कपुर बनिन बलिउडकै सबैभन्दा महंगो महिला कलाकार

लेडी गागा कन्सर्टमा २० लाख बढी सहभागी, ७५ मिलियनकाे काराेबार

‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की

टिमलाई सम्मान र सांस्कृतिक कार्यक्रमसहित 'अञ्जिला'ले साट्यो सफलता, बायोपिकमा क…

नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित

शाहरूख बने संसारकै चौथों धनी सेलिब्रेटी

अश्लिलता बढाएपछि ‘उल्लु एप’का सिइयो र होस्टमाथि कारबाही सुरू

प्रतिक्रिया