बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

के हुँदैछ इथियोपियामा ?

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले मुलुकको उत्तरी भेगमा रहेको टिगराय राज्यमा सैन्य अप्रेसन चलाउने घोषणा गरे । त्यसपछिको दुई सातामा सयौं इथियोपियन मारिइसकेका छन् भने हजारौंले मुलुक छाडेका छन् । इथियोपियाको केन्द्रीय सरकार र टिगरायको राज्य सरकारबीचको द्वन्द्वको कारण र जारी घटनाक्रमका बारेमा यस आलेखले प्रकाश पार्ने कोसिस गर्नेछ ।

अहिलेसम्म के भयो ? 
गत नोभेम्बर ४ मा, इथियोपियाको केन्द्रीय सरकारले टिगराय स्थित सेनाको क्यापमाथि आक्रमण भएको बतायो । र, प्रधानमन्त्री अहमदले त्यस आक्रमण टिगरायमा राज्य सरकार चलाईरहेको टिगराय पिपल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गरेको आरोप लगाउदै त्यस राज्यमा अपरेसन चलाउने घोषणा गरे । तर टिपिएलएफले प्रधानमन्त्री अहमदको आरोपको खण्डन मात्र गरेनन् । उल्टै अहमदले टिगरायमाथि कब्जा जमाउन आक्रमण गर्न लागेको भन्ने आरोप लगाए ।

प्रधानमन्त्री अहमदको घोषणासँगै, इथोपियाको वायु सेनाले टिगरायमाथि हवाई आक्रमण सुरु गर्‍यो । विशेषगरी टिगरायको पश्चिमी भागमा केन्द्रीय फौज र टिपिएलएफको सैन्य दस्ताबीच गोलीबारी भएको बताइयो । इथियोपिया सरकारले गोलीबारी भएको स्थानहरूमाथि केन्द्रीय फौजले कब्जा जमाएको दाबी गर्‍यो । गत आईतबार मात्रै, इथियोपियाको सरकारी सञ्चार माध्यमले टिगरायको दक्षिणी शहर अलामाटा केन्द्रीय फौजले कब्जामा लिएको समाचार प्रकाशित गर्‍यो ।

इथियोपियन सरकारी अधिकारीहरूले केन्द्रीय फौजको अपरेसनमा परेर सयौंले ज्यान गुमाएको बताईरहदाँ संयुक्त राष्ट्रसंघ र एमनेस्टी ईन्टरनेसनलले उत्तरपूर्वी अफ्रिकी मुलुकमा नरसंहार भइरहेको र यसले युद्धअपराधहरू निम्त्याउने खतरा रहेको चेतावनी दिएका छन् ।

एम्नेस्टीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै टिपिएलएफले अमहारा जातिका मानिसहरूको हत्या गरेको बताएको छ । अमहारा जातिका मनिसहरू टिगरायको छिमेकी राज्य अमहाराका हुन् जोसँग टिपिएलएफको वर्षौ देखिको रिसराग छ । तर उता टिगरायका नेता डेब्रेटसियोन गेब्रेमाइकलले अमहराको हत्या भएको भन्ने समाचारमा सत्यता नरहेको दाबी गरे ।

इथियोपियामा सबै राज्य जातियताका आधारमा बनेका हुन् । त्यसकारण टिगरायको राज्य सरकार सञ्चालय स्थानिय टिगरायनले नै गर्छन् ।

यसैबीच, इथियोपियन सेनाको टिगराय स्थित उत्तरी कमाण्ड कसको नियन्त्रणमा छ भन्ने बहस सुरु भएको छ । उत्तरी कमाण्डलाई इथियोपियन सेनाकै सबैभन्दा आधुनिक हतियार भएको युनिटका रुपमा लिईन्छ । टिपिएलएफले उत्तरी कमाण्डले आफुलाई सर्मथन गर्ने दाबी गरिरहेको छ जसलाई एड्सि अब्बाले खण्डन गरेको छ ।

टिगरायको महत्व 
इथियोपियाको उत्तरी राज्य टिगराय सुडान र इरिट्रियासँग जोडिएको छ । इथियोपियाका १० अर्धस्वशासित राज्य मध्येको एक टिगरायको जनसंख्या झन्डै एक करोड १० लाख छ । जुन इथियोपियाको कुल जनसंख्याको ६ प्रतिशत हो । इथियोपियामा सबै राज्य जातियताका आधारमा बनेका हुन् । त्यसकारण टिगरायको राज्य सरकार सञ्चालय स्थानिय टिगरायनले नै गर्छन् ।

टिगरायनहरू करिब तीन दशकसम्म इथियोपियाको केन्द्रीय राजनीति र सरकार सञ्चालनमा प्रमुख शक्तिका रुपमा रहे । लामो समयसम्म चलिरहेको सैन्य शासन (डे«ग शासन) बाट इथियोपियालाई मुक्त गराउन टिपिएलफ युद्ध छोडेको थियो । सन् १९९१ मा इथियोपियालाई सैन्य शासनबाट मुक्त गराएपछि टिपिएलफले लामो समयसम्म त्यहाँ शासन गर्‍यो । तर सन् २०१८ मा भएको सरकार बिरोधी प्रर्दशनले टिपिएलएफलाई सत्ता छाड्न बाध्य बनायो भने अहिलेका प्रधानमन्त्री अहमदलाई सरकार प्रमुख बनायो ।

केन्द्रीय सरकार छाड्नु परेपनि टिगरायमा टिपिएलएफको पकड कायमनै रह्यो भने उसको सैन्य दस्ता पनि बलियो रुपमा सञ्चालन भइनैरह्यो । टिपिएलएफको सैन्य दस्ता इथियोपियाको छिमेकी इरिट्रियासँगको सन् १९९८ देखि २००० सम्म भएको युद्धमा संलग्न थियो । त्यसकारण पनि टिपिएलफको सैन्य विभाग बारम्बार युद्धमा प्रमाणित भएको शक्ति हो । सरकारमा आइसकेपछि प्रधानमन्त्री अहमदले इरिट्रियासँगको युद्ध औपचारिक रुपमा समाप्त भएको घोषणा गरे । जसका कारण अहमदले सन् २०१८ को नोबेल शान्तित पुरस्कार समेत प्राप्त गरे ।

कहाँ गल्ती भयो ? 
इथियोपियाको सबैभन्दा ठूलो जनसंख्या ओरोमो जातिको छ । प्रधानमन्त्री अहमदले त्यही जातिको प्रतिनिधित्व गर्छन् । अहमद सत्तामा आइसकेपछि टिगराय जातिका नेता तथा प्रशासकहरू अप्ठ्यारोमा पर्न थालेको बताईन्छ । अहमदले टिगरायका कयौं नेताहरूलाई भ्रष्टचारको अभियोगमा जेल हाल्नुका साथै महत्वपूर्ण पदहरूबाट समेत हटाएको आरोप छ । कमसेकम टिगरायनहरू यही दाबी गर्छन् ।

टिपिएलफले उक्त प्रस्तावलाई इन्कार गर्‍यो । अनि इथियोपियाको घरेलु राजनीतिमा विपक्षी दलका रुपमा रह्यो । यससँगै अहमदको पार्टी र टिपिएलफबीच संघर्ष सुरु भयो ।

गत वर्ष प्रधानमन्त्री अहमदले इथियोपियामा सरकार सञ्चालनमा रहेका सम्पूर्ण राजनीतिक दलहरू मर्ज गर्ने प्रस्ताव राखे । तर टिपिएलफले उक्त प्रस्तावलाई इन्कार गर्‍यो । अनि इथियोपियाको घरेलु राजनीतिमा विपक्षी दलका रुपमा रह्यो । यससँगै अहमदको पार्टी र टिपिएलफबीच संघर्ष सुरु भयो ।

गत सेप्टेम्बरदेखि अहमद नेतृत्वको केन्द्रीय सरकार र टिपिएलएफबीचको सम्बन्ध थप खराब बन्यो । इथियोपियन सरकारले कोभिड-१९ (कोरोना भाईरस) का कारण बिषम परिस्थिती सिर्जना भएको भन्दै आम निर्वाचन स्थगित गर्ने घोषण गर्‍यो ।  तर टिपिएलएफले भने टिगरायमा निर्वाचन सञ्चालन गर्ने निर्णय लियो । अहमद नेतृत्वको केन्द्रीय सरकारले निर्वाचन नर्गन भन्यो । तर टिपिएलफले टेरेन ।

ऋहमद सरकारले टिपिएलएफले गराएको निर्वाचन अवैध भएको बतायो । जवाफमा, टिपिएलएफले आफुहरूको इथियोपियाको केन्द्रीय सरकारसँग कुनै सम्बन्ध नभएको घोषणा गर्‍यो । त्यसको प्रतिक्रिया स्वरुप केन्द्रीय सरकारले टिगरायका लागि छुट्याइने बजेटमा ब्यापक कटौती गर्‍यो ।

अहमदले जारी सैन्य अपरेसनको बचाउ गर्दै टिपिएलएफलाई मुलुकमा अस्थिरता ल्याउने शक्तिका रुपमा चित्रित गर्ने प्रयास गरेका छन् । इथियोपियालाई पूर्ण प्रजातान्त्रिक बनाउनका लागि टिपिएलएफ बाधक बनिरहेको पनि आरोप लगाए । उनले टिगरायमाथिको सैन्य अपरेसन चाडै अन्त्य हुने पनि दाबी गरेका छन् ।

द्वन्द्वको बिस्तार 
इथोपियन सेनाका प्रमुख बेरहानु जुलाले युद्ध टिगरायभन्दा बाहिर नजाने अभिब्यक्ति दिए । तर उनको अभिब्यक्ति गलत सावित भइसकेको छ । गत शुक्रबार मात्रै, टिपिएलएफले छिमेकी राज्य अमहारामा रहेको दुई विमानस्थलतर्फ रकेट प्रहार गर्‍यो ।

इथियोपिया भित्र रहेका राज्यहरूबीच बारम्बार द्वन्द्व हुँदै आएको छ । त्यसकारण, टिगराय र अमहाराबीच सम्बन्ध तिक्ततापूर्ण छ । अहिलेको जारी युध्दमा अमहाराबाट हजारौं मिलिसियाहरूले केन्द्रीय फौजलाई साथ दिन थालेको बताईएको छ । त्यसकारण इथियोपिया थप संकटमा पर्ने अनुमान गर्न ग्राहो छैन ।

यसैबीच इरिट्रिया पनि इथियोपियाको आन्तरिक द्वन्द्वमा तानिने सम्भावना बढेको छ । टिपिएलएफले इरिट्रियाको राजधानी अस्मारा स्थित विमानस्थलमा रकेट प्रहार गरेको जनाएको छ । असमारा विमानस्थलको प्रयोग गरी इथोपियन सेनाले आफुहरूमाथि माथि आक्रमण गरेकाले त्यहाँ रकेट प्रहार गरेको टिपिएलएफले स्पष्टोक्ति दिएको छ । तर इथियोपियाको सरकारले इरिट्रियाले आफुहरूलाई कुनै पनि सहयोग नगरेको भनाई छ ।

इन्टरनेसनल क्राइसिस ग्रुपले इथियोपियामा जारी द्वन्द्वले थप उग्ररुप लिनसक्ने चिन्ता जाहेर गरेको छ । तत्काल गोलीबारी नरोकिए, इथियोपिया मात्र होइन सिंगो उत्तरपूर्वी अफ्रिका नै प्रभावित हुने चेतावनी समेत दिएको छ । टिगरायसँग २ लाख ५० हजार भन्दा बढी सदस्य रहेको सैन्य दस्ता छ ।

त्यसकारण पनि उनीहरूको केन्द्रीय फौजसँगको युद्ध सजिलै अन्त्य हुने देखिदैन । यो युद्धले इथियोपियाको राज्य सञ्चालनमा प्रयोग हुने जातिय संरचनामै उथुलपुथुल ल्याउने खतरा बढेको छ । बिगतमा धेरै जातिय द्वन्द्व भएकाले पनि इथियोपिया फेरी अर्को चरणको अस्थिरता आउनलागेको भन्दै चिन्ता जाहेर गरिदैछ ।

केन्द्रीय फौज र टिपिएलएफबीचको युद्धका कारण २५ हजार भन्दा बढी इथोपियनहरू सुडानतर्फ लागिसकेका छन् । जहाँ उनीहरू शरणर्थीका रुपमा रहनेछन् । आगामी दिनहरूमा युद्ध नरोकिने हो भने थप हजारौं इथोपियन सुडान पस्न बाध्य हुनेछन् । जसले अर्को मानविय संकट निम्त्याउने छ । (एएफपीबाट)

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइनी विस्थापित गराइने

इजरायलद्दारा गाजाको ७० प्रतिशत भु भाग ‘नो गो जोन’ घोषणा, २० लाख प्यालेस्टाइन…

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथौं ठुलो अर्थतन्त्र, १० बर्षमा नै दोब्बर

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु , तनाव चुलियो

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

नयाँ पोप चयनका लागि कार्डिनल सम्मेलन, दुई बिरामी भए पछि १३३ प्रतिनिधि सहभागी

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

युरोपेली संघले अन्तिम रूसी ग्यास आपूर्ति कटौती गर्ने योजना बनाउने

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

अप्रिलमा पाकिस्तान र इरानबाट २ लाख ५० हजार बढी अफगानी शरणार्थीहरू घर फर्किए

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश