लमजुङमा चक्कु प्रहार गरी साथीकाे हत्या
बेंसीसहर- लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका-८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल छन् ।
शुक्रबार राति करिब १०:३० बजे उनले सोही जलविद्युत आयोजनामा कार्यरत उदयपुर गाईघाट घर भएका २५ वर्षीय सुनिल श्रेष्ठलाई बायाँ खुट्टाको घुँडामा चक्कु प्रहार गरी घाइते बनाएका थिए ।
गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि गण्डकी हस्पिटल पोखरामा राखिएको र रम्तेललाई कास्की प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङमा पठाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको लमजुङ प्रहरीको भनाइ छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया