माइतीघरमा नारा- ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ (तस्बिरहरू)

काठमाडौं । नागरिक अगुवाहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।
शनिवार काठमाडौंको माईतीघर मण्डलामा भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । नागरिक अगुवासहितको टोलीले माईतीघरमा भ्रष्टाचारबिरोधी विभिन्न सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । त्यस्तै कविहरुले कवितामार्फत विरोध जनाए ।
बिरोध प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले यस प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताए ।
बिरोध प्रदर्शनमा सहभागी काजीबहादुर घिमिरेले यो सरकारको विश्वास नै नभएको र विश्वास नभएकै कारण युवा नेताहरु जन्मिरहेको बताए ।
भ्रष्टाचारीलाई कारागार’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियो?’ ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, लगायतका नाराहरू सहित प्रदर्शन गरिएकाे हाे।

सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण

फोटो पत्रकार कविता थापालाई सूचना अभियन्ता पुरस्कार प्रदान

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

सामाजिक बन्धनबाट मुक्त हुने ‘थच्याङ’ हिमाली संस्कृति

नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशीमा, सबैभन्दा थोरै कर्णालीमा

अवैध लागूऔषधसहित १० जना पक्राउ

प्रतिक्रिया