सूर्यकुमारको शतकमा गुजरातमाथि मुम्बईको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि जित हात पारेको छ । शुक्रबार राति बान्खेडे स्टेडियममा भएको खेलमा मुम्बईले गुजरातलाई २७ रनले पराजित गर्यो ।
१२ खेल खेलेको मुम्बईको यो सातौ जित हो । ५ खेलमा पराजय भोगेको मुम्बई १४ अंकसहित तेस्रो स्थानमा छ । यता गुजरातको भने यो चौँथो पराजय हो । ८ खेलमा जित हात पारेको गुजरात १६ अंकसहित शीर्ष स्थानमा छ ।
शुक्रबार राति २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रनमात्र जोड्न सक्यो । गुजरातका लागि राशिद खानले ३२ बलमै १० छक्का र ३ चौकाको मदतमा ७९ रन बनाएपनि जितका लागि पर्याप्त भएन । मुम्बईका लागि आकाश माधवनले सर्वाधिक ३ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्यकुमार यादवको १ सय ३ रनको मदतमा ५ विकेटको क्षतिमा २ सय १८ रन बनायो । सूर्यकुमारले ४९ बलको सामना गर्दा ११ चौका र ६ छक्का हिर्काए । गुजरातका लागि राशिद खानले सर्वाधिक ४ विकेट हात पारे ।
आईपीएलमा आज दुई खेल हुने तालिका रहेको छ । पहिलो खेल सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबीच हुनेछ । दोस्रो खेल भने दिल्ली क्यापिटल्स र पञ्जाब किंग्सबीच हुने तालिका रहेको छ ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया