पहाडमा हराउँदै हाटबजार, ग्राहक नहुँदा सख्खरले बजार पाउन छाड्यो ( फोटो फिचर)

काठमाडौँ- यो पुर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा लाग्ने साप्ताहिक बजारको दृश्य हो । पहाडी क्षेत्रमा बजार फैलिँदै गएपछि साप्ताहिक रूपमा लाग्दै आएका हाटबजार अचेल उतिसारो मनमोहक देखिँदैनन् । बजार भर्नेहरू पनि देखिँदैनन् ।
पहाडी भेगमा यातायात विस्तारले पनि मानिस पातलिन थालेका छन् । हिजोआज यस्ता हाटबजार चलन हराउँदै गएको छ । मानिस सुविधाभोगी भएर पनि होला पूर्वी पहाडी भेगका ग्रामीण भेग रित्तिदै जाँदा बजार पातलिदै गएका छन् ।
पहाडी भेगमा विशेष गरेर दुर्गममा दैनिक उपभोग्य वस्तु लगायतको सेवा प्रभावकारी नहुँदा साप्ताहिक हाट लाग्ने गर्छन् । पहिले पहिले सर्वसाधारणसँग आर्थिक अभाव पनि हुने र बजारसम्म पुग्न स्रोतसाधन नहुँदा साप्ताहिक हाटमै आवश्यकीय सामग्री खरिद गर्ने गरिन्थ्याे ।
तर, अहिले घर-घरमै दैनिक उपभोग्य वस्तु पुग्न थालेपछि साप्ताहिक हाटको महत्व हराउँदै गएको छ । चैनपुरमा लाग्ने साप्ताहिक बजारले अझै पनि यसको महत्व दर्शाउँदै गएको छ ।
बजारमा पहिले जस्तो भीडभाड हुन छाडेको छ । उल्लेखनीय मात्रामा बजारमा ग्राहक देखिँदैनन् । बजारमा स्थानीय क्षेत्रमा उत्पादन भएका कृषि सामग्री बिक्री गर्न राखिएको छ ।
कृषि सामग्रीले बजारीकरण नपाउँदा कृषकहरू मारमा पर्ने गरेका छन् । पहिले-पहिले जस्तो सामग्री बिक्री हुन छाडेको स्थानीय व्यापारीहरूले बताउन थालेका छन् ।
बजारमा बेच्न राखिएको सख्खर कुवापानी र राउत गाउँ लगायतका ठाउँबाट उत्पादित उखुबाट हुने गर्छ । सख्खर पुर्वी तराईका जिल्ला मोरङ, सुनसरी र झापासम्म बिक्री वितरण हुने गरेको व्यापारी बताउँछन् ।
भारतबाट आउने चिनीभन्दा देशमै उत्पादित सखरले शरीरमा लाग्ने विभिन्न रोग निको पार्ने विश्वास रहेको छ । सखरले स्वास्थ्यका लागि पनि फाइदा गर्छ ।
सख्खरलाई प्याकेजीङ गरेर सके देशभरि पुर्याउन किसानहरू लाभान्वित हुने उनको ती व्यापारीको भनाइ छ । देशमा रोजगारी बढाइ आम्दानी गर्न सकिने वातावरण बन्ने व्यापारीहरूको विश्वास छ ।
पहाडी क्षेत्रमा जनसंख्या चाप घट्दै जाँदा बजारमा मानिस देखिन छाडेका छन् । सातामा एक दिन किनेर साताभरिलाई जोहो गर्नुपर्ने बाध्यताले मानिसहरू आए पनि उनीहरूका मुहारमा उत्साह देखिदैनन् । साप्ताहिक हाटको संख्या कम हुँदै गएको व्यवसायी बताउँछन् ।

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

अतिक्रमित वन क्षेत्र खाली गराई वृक्षरोपण

जलवायु न्याय र हरित अर्थतन्त्रमा युवा सहभागिताको माग

आर्थिक पत्रकार बिक्रम सुनारलाई ‘दशक सम्मान’

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_HEA4i2eHAa_gogv2nucw7cy0mu5og9zjpyyrcvvwdbcxmdugfrz0gqxogbhamobrs2awvbg.jpg)
प्रतिक्रिया