काठमाडौँ महानगरले पर्चा बाड्दै हिड्ने ६१ जनालाई गर्यो कारबाही

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रबार महनगरपालिकाले क्याम्पस र कलेज वरिपरि विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।
कान्जीरोवा कलेजबाट २, चण्डेश्वरी स्कुलबाट ४, प्रिमियर स्कुलबाट ७, रत्नराज्य स्कुलबाट २, ग्लोबल कलेजबाट ३, टेक्सास कलेजबाट २, पशुपति क्याम्पस चावहिलबाट ४, पशुपति कलेज मित्रपार्क ४ र जेभियर इन्टरनेशनल कलेजबाट १३ जनालाई पक्राउ गरेको हो ।
पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।
‘ महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ । यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरूलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ,’ पाण्डेले इकागजसँग भने, ‘पहिलोपटक भएकाले हामीले संस्थाहरूलाई ५ हजारको दरले जरिबाना गरेका छौँ । हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरूलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ । अटेर गरिरहने हो भने जरिबानाको दायरा बढ्छ ।’
प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलोपटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताए ।

नेपाल फर्काएका २०५ जना नेपाली : भोटेकोशीले खाना खुवायो, बाह्रबिसेले बस खोज…

अबदेखि नेपाल प्रहरीले आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्ने

सुनसरीमा छुरा प्रहारबाट मृत्यु

मुग्लिन–पोखरा सडकखण्डमा दुर्घटना बढ्दै

कुलङ्घारले दलालीमा भुलेर बीपी अस्पताललाई जग्गा दिएछ, पिलिज अस्पतालको जग्गा फ…

ट्राफिक प्रहरीद्वारा १० करोड १७ लाखबढी राजस्व सङ्कलन

भोटखोलामा पहिरोले पाँच परिवार विस्थापित

प्रतिक्रिया